बिना इजाजत अस्पताल वा क्लिनिक सञ्चालन गर्न पाइँदैन : उपप्रमुख अधिकारी

भरतपुर, २२ माघ । भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पतालहरुमा अनुगमन शुरु गरेको छ । स्थानीय सरकार मातहत रहेका अस्पतालहरुमा महानगरको टोलीले अनुगमन शुरु गरेको हो । सोमबार नगर उपप्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा अनुगमनमा गएको टोलीले अस्पताल व्यवस्थित गर्नका लागि अनुगमन शुरु गरेको जनाएको छ । अनुगमनमा उपप्रमुखसहित निमित्त प्रमुख प्रशासकीय […]
मकवानपुरमा भीरबाट लडेर एक जनाको मृत्यु
मकवानपुर, २२ माघ । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ चाइरङडाँडामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाटुर्डुङ्ग बस्ने ५० वर्षीय आइतराम चेपाङ रहेका छन् । आइतबार चेपाङ कालिकाटार बजारबाट घरतर्फ फर्कने क्रममा गोरेटो बाटोबाट २०० सय मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । घटनाको […]
क्रिकेट रंगशालालाई बजेट उपलब्ध गराउने प्रदेश सरकारको आश्वासन

भरतपुर, २२ माघ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढाउन बागमती प्रदेश सरकारले चासो दिएको छ । रंगशाला निर्माणका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा र स्वास्थ्य मन्त्री उत्तम जोशीले रंगशालाको स्थलगत निरीक्षण गरका थिए । अवलोकनपछि अर्थमन्त्री लामाले बजेट विनियोजनको प्रतिवद्धता जनाएका छन् […]
२०८० माघ २३ गते मंगलबारको कायाकैरन दैनिक (ePaper)

धनकुटाको राजारानी क्लब सेमिफाइनलमा प्रवेश

मकवानपुर, २२ माघ । मकवानपुरको हेटौँडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनकुटाको राजारानी क्लब सेमिफाइनल प्रवेश गरेको छ । त्रिभुवन आर्मीलाई ५–४ गोलअन्तरले पराजित गर्दै राजारानीले सेमिफाइनलमा स्थान बनाएको हो । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएकाे छैटौं संस्करणकाे सोमबारकाे तेस्राे क्वार्टरफाइनल खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएकाे थियाे […]
झरना साहित्यिक परिवारले ९ जना स्रष्टालाई सम्मान गर्ने

मकवानपुर, २२ माघ । मकवानपुरकाे साहित्यिक संस्था झरना साहित्यिक परिवारले ९ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । झरनाले हेटौंडामा सोमबार पत्रकार भेटघाट गर्दै ३१ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०८० मा सष्ट्राहरूलाई सम्मान गर्न लागेको जनाएकाे छ । साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका होमनाथ–टीकामाया प्रतिभा सम्मान २०७९ बाट काठमाडौँका डा. गीता […]
जनक माविको वार्षिकोत्सवमा खेलकुदका कार्यक्रम

गैंडाकोट, २२ माघ । गैंडाकोट नगरपालिका वडा नम्बर ५ मा रहेको जनक माध्यमिक विद्यालयले ६५ औं वार्षिकोत्सव विविध कार्यक्रम गर्दै मनाउने भएको छ । ६५ औं वार्षिकोत्सवका अवसरमा विद्यालयले सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्दै नगरभरका शिक्षकहरुबिचको फुटसल प्रतियोगिता सम्पन्न गरिसकेको छ । आगामी कार्यक्रम अन्तर्गत माघ २४ गते गणित विषयको शैक्षिक प्रदर्शनी तथा फुड फेस्टिवल, २५ […]
बैंक ब्याजदर एक अंकमा झार्न अधिकृत व्यवसायीको माग

भरतपुर, २२ माघ । बढ्दो ब्याजदर र चेक बाउन्सले संकटमा परेको अधिकृत व्यवसायीले बताएका छन् । आर्थिक मन्दीको असर खेपिरहेका व्यवसायी ब्याजदर एक अंकमा ल्याउन नसके व्यवसायमा टिक्न गाह्रो भएको बताएका छन् । बैंकले बढाएको ब्याजदरले व्यवसाय धरापमा परेको गुनासो छ । अधिकृत व्यवसायी संघको १४ औं साधारणसभामा अधिकृत व्यवसायीले भोगेको समस्या राखेका थिए । […]
२७ वर्षको शिक्षण पेशाबाट देवी म्याडमको अवकाश

भरतपुर, २२ माघ । सबैले आदर र सम्मानका साथ लिने नाम, ‘देवी म्याडम’ । वाल्मीकि शिक्षा सदनमा सबैमाझ कहलिएकी शिक्षिका, जसले अरुको भविष्य बनाउन जीवनको आधा उमेर बिताइन् । बिहान साढे आठ बजे स्कुल पुगेर विद्यार्थीको स्वागत अनि अभिभावकसँग भलाकुसारीमा व्यस्त हुन्थिन् । सधैँ हँसिलो देखिने उनको अनुहार शुक्रबार भने केही मलिन थियो । उक्त […]
क्यान्सरका बिरामीलाई हवाई भाडामा शतप्रतिशत छुट

काठमाडौँ, २२ माघ । नेपाल वायुसेवा निगमले क्यान्सर पीडित बिरामीलाई निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको छ । निगमले काठमाडौँ-दिल्ली-काठमाडौं हवाई उडानमा क्यान्सर बिरामीलाई भाडामा शतप्रतिशत र बिरामी कुरुवालाई ५० प्रतिशत छुट दिएको निगमले जनाएको छ । यस्तो सेवा डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसको आधारमा निगमले छुट सेवा प्रदान गर्दै आएको छ […]