कांग्रेस कार्यकर्ताले गठबन्धन स्वीकार नगरेको महामन्त्री थापाको ठहर

गैंडाकोट, २१ माघ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन गलत भएको बताएका छन् । ‘समुदायमा कांग्रेस’अभियानका क्रममा आइतबार गैंडाकोट आएका थापाले गठबन्धनलाई कार्यकर्ताले स्वीकार नगरेको बताएका हुन् । `अधिकांश स्थानमा गठबन्धन गलत भएको सुझाव आएको छ । नेतृत्व तहले यसको समीक्षा गर्नु जरुरी छ ।´

आइतबार गैंडाकोटमा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै थापाले अधिकांश कार्यक्रममा गठबन्धन गलत भएको सुझाव आएको बताएका हुन् ।

अभियानका क्रममा गठबन्धनका विषयमा आएका सुझावलाई अब पार्टीको दस्ताबेजमा लेख्न सकिने उनले बताए । उनले पार्टीको गतिविधिमा नेता कार्यकर्तामाझ असन्तुष्टी भए त्यस्ता गतिविधिलाई सच्चाउनुपर्ने धारणा राखे ।

‘समुदायमा कांग्रेस’अभियानका क्रममा विकास योजना, बजेटलगायतका विषयमा सुझाव लिइरहेको थापाले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट