कांग्रेस कार्यकर्ताले गठबन्धन स्वीकार नगरेको महामन्त्री थापाको ठहर

गैंडाकोट, २१ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन गलत भएको बताएका छन् । ‘समुदायमा कांग्रेस’अभियानका क्रममा आइतबार गैंडाकोट आएका थापाले गठबन्धनलाई कार्यकर्ताले स्वीकार नगरेको बताएका हुन् । `अधिकांश स्थानमा गठबन्धन गलत भएको सुझाव आएको छ । नेतृत्व तहले यसको समीक्षा गर्नु जरुरी छ ।´ आइतबार गैंडाकोटमा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै थापाले अधिकांश […]
डिला खरेल : सामाजिक काममा सहभागितादेखि कवितावाचनसम्म

बिदेशबाट छुट्टी मनाउन स्वदेश आएका नेपालीहरु बिदाको समयमा सामान्यतया आफ्नो परिवारलाई नै समय दिने गरेका छन् । लामो समयपछि आफ्नो घर फर्किँदा परिवारलाई समय दिनु स्वभाविक नै हो । तर अष्ट्रेलियामा लामो समयदेखि बस्दै आएका युवा व्यवसायी तथा परोपकारी व्यक्तित्व डिला खरेलको नेपाल बसाइ भने केही फरक देखिन्छ । स्वदेश फर्किँदा घरलाई समय दिनु स्वभाविक […]
पर्यटन उकास्न सौराहामा फुड फेस्टिभल

सौराहा, २१ माघ । सौराहाको पर्यटनलाई उकास्न सौराहा फुड फेस्टिभल हुने भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल सौराहाले माघ २८ देखि फागुन ३ गतेसम्म १८औँ सौराहा फुड फेस्टिभल आयोजना गर्न लागेको हो । पाँच दिनसम्म चल्ने फेस्टिभलमा चितवनलगायत विभिन्न क्षेत्रका जातजातिका परम्परागत तथा स्थानीय खानाका परिकार राखिने कार्यक्रम संयोजक सूर्यबहादुर रिमालले जानकारी दिए […]
बागमती युथ क्लबद्वारा मकवानपुर पराजित

मकवानपुर, २१ माघ । मकवानपुरको हेटौँडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको छैटौं संस्करणको क्वार्टरफाइनलमा बागमती युथ क्लब सर्लाहीले मकवानपुर–११ लाई ४–२ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । हेटौंडा ६ स्थित गौरीटार रंगशालामा भएको खेलमा बागमतीका लागि सिर्जन गौतम, आयुष रानामगर, निर्मल बल र अनिल मगरले गोल गरे । मकवानपुरका लागि […]
सुमोमा सवार एक यात्रुको बेहोस भएर मृत्यु
मकवानपुर, २१ माघ । काठमाडौंबाट हेटौंडा आउँदै गरेको सुमोमा सवार एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराकोल्वी नगरपालिका वडा नम्बर ६ पर्सौना बस्ने ६० वर्षीय द्वारिका चौधरी रहेका छन् । शनिबार काठमाडौंबाट हेटौंडा हुँदै बारा जान आउँदै गरेको ना.१ ज ७९५८ नम्बरको सुमोमा चौधरी सवार रहेकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ […]
मकवानपुरमा लागुऔषधसहित एक भारतीय पक्राउ
मकवानपुर, २१ माघ । मकवानपुर प्रहरीले लागुऔषध ओनरेक्ससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लाका १७ वर्षीय आरके यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबार बिहान ६ बजेर २५ मिनेटको समयमा वीरगञ्जबाट हेटौँडा हुँदै नारायणगढतर्फ जाँदै गरेको ना ७ ख ३५०९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार […]
राष्ट्रिय सभा अध्यक्षकाे चुनाव फागुन २९ गते

काठमाडौं, २१ माघ । राष्ट्रिय सभा अध्यक्षको चुनाव आउँदो फागुन २९ गते हुने भएको छ । राष्ट्रिय सभा कार्यव्यवस्था समितिले तयार गरेको सम्भावित कार्यतालिकामा उक्त दिन चुनाव हुने उल्लेख छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको समयावधि सकिएपछि पद रिक्त हुने भएपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने अवस्था आएको हो । राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनमा […]