पर्यटन उकास्न सौराहामा फुड फेस्टिभल

सौराहा, २१ माघ ।
सौराहाको पर्यटनलाई उकास्न सौराहा फुड फेस्टिभल हुने भएको छ ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल सौराहाले माघ २८ देखि फागुन ३ गतेसम्म १८औँ सौराहा फुड फेस्टिभल आयोजना गर्न लागेको हो । पाँच दिनसम्म चल्ने फेस्टिभलमा चितवनलगायत विभिन्न क्षेत्रका जातजातिका परम्परागत तथा स्थानीय खानाका परिकार राखिने कार्यक्रम संयोजक सूर्यबहादुर रिमालले जानकारी दिए ।

गत आर्थिक वर्षमा ३ लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए । चालु आर्थिक वर्षको छ महिनामा एक लाख ५० हजार पर्यटकले निकुञ्जको भ्रमण गरी सकेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वनहरूमा वन्यजन्तु अवलोकनका लागि नै स्वदेशी तथा विदेशी पर्यटक सौराहा आउने गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट