सुमोमा सवार एक यात्रुको बेहोस भएर मृत्यु

मकवानपुर, २१ माघ ।
काठमाडौंबाट हेटौंडा आउँदै गरेको सुमोमा सवार एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराकोल्वी नगरपालिका वडा नम्बर ६ पर्सौना बस्ने ६० वर्षीय द्वारिका चौधरी रहेका छन् ।

शनिबार काठमाडौंबाट हेटौंडा हुँदै बारा जान आउँदै गरेको ना.१ ज ७९५८ नम्बरको सुमोमा चौधरी सवार रहेकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानी गढीमा रोकेपछि खाजा खान होटलतर्फ जानेक्रममा उनी बेहोस भएर लडेका थिए ।

उनको तत्काल उद्धार गरी स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात थप उपचारको लागि सोही सुमोमा राखेर हेटौंडा अस्पतालमा ल्याईएको थियो । तर उनको उपचारकै क्रममा साँझ ७ बजेर २५ मिनेटमा डाक्टरले मृत्यु भएकाे घाेषणा गरेकाे प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट