डिला खरेल : सामाजिक काममा सहभागितादेखि कवितावाचनसम्म

बिदेशबाट छुट्टी मनाउन स्वदेश आएका नेपालीहरु बिदाको समयमा सामान्यतया आफ्नो परिवारलाई नै समय दिने गरेका छन् । लामो समयपछि आफ्नो घर फर्किँदा परिवारलाई समय दिनु स्वभाविक नै हो । तर अष्ट्रेलियामा लामो समयदेखि बस्दै आएका युवा व्यवसायी तथा परोपकारी व्यक्तित्व डिला खरेलको नेपाल बसाइ भने केही फरक देखिन्छ । स्वदेश फर्किँदा घरलाई समय दिनु स्वभाविक रहे पनि खरेल भने परिवारसँगै सामाजिक सेवा र परोपकारका लागि समय बढी खर्चिने गरेका छन् ।

अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आइरहेका खरेल अहिले नेपालमा छन् । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर-५ घर भएका खरेल पारिवारिक काममा घर आए पनि उनको दैनिकी सामाजिक काम मै बित्ने गरेको छ ।

माघ १७ गते बुधबार डिलाको दैनिकी

अष्ट्रेलियन अभिभावक कल्याण समाज नेपाल

माघ १७ गते बुधबार डिला खरेल बिहानैदेखि विभिन्न कार्यक्रममा सरिक भए ।
पछिल्लो समय अष्ट्रेलियामा नेपालीहरुको बाक्लो उपस्थिति रहेको छ । नेपालीको संख्या बढ्दै गएपछि नेपालमा अभिभावकहरु पनि संगठित हुन थालेका छन् । अष्ट्रेलियामा आफ्नो परिवार रहेका नेपालका अभिभावकहरु एकीकृत हुन नेपाली अष्ट्रेलियन अभिभावक कल्याण समाज नेपाल गठन भएको छ । यसको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा रहेको हुँदा खरेल पनि यसको कार्यालयमा नपुग्ने कुरै भएन । उनी बुधबार बिहान यही कार्यालयमा पुगेर आफ्नो सामाजिक कार्यको थालनी गरे । खरेलले समाजको कार्यालयको १ वर्षको भाडा, टेलीफोन तथा इन्टरनेट, विद्युतलगायतको भुक्तानी समेत सहयोग गर्ने प्रतिवद्धता जनाए ।

चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिमार्फत दृष्टिविहिन र अपाङ्गलाई सहयोग

युवा समाजसेवी खरेल यत्ति मै सिमित रहेनन् । लगत्तै उनी चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको कार्यक्रममा पुगे । सोक्रममा खरेलले दृष्टिबिहीन र बहिरा विद्यार्थीहरुलाई आवश्यक सामग्री खरीदका लागि चितवन समाज आस्ट्रेलिया र आफ्नो व्यवसायमार्फत करिव ४ लाख बराबरको सहयोगी उपकरण आगामी २०८१ वैशाखसम्म पूर्ण हुने गरी आर्थिक सहयोग र यस कार्यक्रमको वार्षिक निरन्तरताको कार्यविधि समेत निर्माण गरे ।

शिव रेग्मी स्मृति प्रतिष्ठान र नारायणी कला मन्दिरमा कार्यक्रम

एक समयका सफल निर्देशक स्वर्गीय शिव रेग्मी नारायणी कला मन्दिर नारायणगढका उत्पादन हुन् । यही नारायणी कला मन्दिरमा पनि खरेलले आफ्नो प्रतिभा देखाउन मौका पाएका थिए । त्यसैले यस क्षेत्रतर्फ पनि खरेलको झुकाब हुँदा उनी स्वर्गीय शिव रेग्मीको निधनपश्चात केही गरौँ भन्दै नारायणी कलामन्दिरमै शिव रेग्मी स्मृति प्रतिष्ठान स्थापना गराए । अहिले चितवन आएकै मौकामा उनले अक्षय कोषमा ५० हजार थपेर २ लाख पुर्‍याए । नवप्रतिभालाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको अक्षय कोषमा ५ लाख पुर्‍याउने खरेलको इच्छा छ ।

साहित्य सेवा, रचना तथा कविता वाचन

खरेल बहुप्रतिभावान मानिन्छन् । अष्ट्रेलियामा एकाउन्टेण्ट तथा प्राध्यापक रहेका खरेल कविसमेत हुन् । फुटकर कविता लेख्दै आएका खरेलको छिट्टै कवितासङ्ग्रह प्रकाशन हुँदैछ । यही मेसोमा खरेलले चितवनका साहित्यकार माझ आफ्ना कविता वाचन गरेर साहित्यिक कार्यक्रममा समेत सामेल भए । सम्पूर्ण किताबले संयोजन गरेको कार्यक्रममा खरेलले कविता सुनाएर आफ्नो प्रतिभा देखाए । समय व्यवस्थापनलाई निकै ख्याल गर्ने खरेल हरेक कार्यक्रममा समयमै पुगेर निर्धारित समयमै कार्यक्रम सकाउन पनि सहजीकरण गरे ।

साना तथा मझौला व्यवसायी भेटघाट तथा अन्तर्क्रिया

व्यवसायका लागि – कर तथा लेखा, कृषि, शिक्षा र पानीको क्षेत्र आफ्नो रुचिको विषय बताउने खरेलले एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज बेसक्याम्प भरतपुर, सिराईचुली होटेल, ग्रिन पार्क रेस्टुरेन्ट, आनन्द कृषि केन्द्र, मिलन पानी तथा जल प्रालिसमेत पुगेर व्यावसायिक भेटघाट र छलफल गरी आफ्ना अनुभव साटासाट गर्न पनि भ्याए । खरेल समयलाई खेर फाल्न चाहन्नन् । उनी केही न केही गर्नैपर्छ भन्ने हुटहुटी भएका युवा हुन् । खरेल अष्ट्रेलियामा पनि सामाजिक कार्यमा उत्तिकै सक्रिय छन् । नेपालीहरुमा आइपर्ने हरेक समस्या समाधान गर्न उनी अग्रणी स्थानमा हुन्छन् ।

अष्ट्रेलियामा खरेल अत्यधिक लोकप्रिय युवा व्यक्तित्व हुन । उनका परोपकारी, सामाजिक तथा उद्यमशीलताका अनवरत र सार्थक प्रयास तथा अभ्यासहरुको अष्ट्रेलिया र नेपाल दुवै देशमा उत्तिकै चर्चा हुने गर्दछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट