डबलीमा `सिलीदुङ´ कवितासंग्रहमाथि विमर्श

भरतपुर, १६ माघ
चितौन कचेहेरी र कर्मी चौतारीको आयोजना एवं थेबा–ला पब्लिकेसनको सहआयोजनामा मंगलबार भरतपुरस्थित डबली बुक क्याफेमा कवि गीलु रातोसको पहिलो कृति ‘सिलीदुङ’ कवितासंग्रहमाथि विमर्श गरिएको छ ।

कवि सरिता तिवारीले सहजीकरण गरेको कार्यक्रममा चलचित्र निर्देशक नवीन सुब्बा, कवि प्रकाश चापागाइँ र कलाकार एवं सञ्चारकर्मी आश्मा राईले सिलीदुङ र त्यसभित्र रहेका कविताबारे बोलेका थिए । संग्रहभित्रका कविताहरुमा किराँत मिथकको प्रयोग अलि बढी भएको उनीहरुको भनाइ थियो । कार्यक्रममा समीक्षक उदय अधिकारी, कवि रञ्जना लिम्बुलगायतले पाठकीय धारणा राखेका थिए ।

दोस्रो कार्यक्रममा निर्देशक सुब्बासँग विभु लुइँटेल र अञ्जान प्रदीपले सिनेमा संवाद गरेका थिए । सिनेमा संवादको विषय थियो – सिनेमामा मौलिकताको खोजी । कार्यक्रममा बोल्दै निर्देशक सुब्बाले अधिकांश नेपाली चलचित्रमा मौलिकताको अभाव रहेको सुनाए । मौलिकताको अभावमा नेपाली चलचित्र क्षेत्रले उचाई चुम्न नसकेको उनको भनाइ थियो । यो कार्यक्रममा डाक्टर जीवन क्षेत्रीले चलचित्रले सामाजिक महत्त्व बोक्ने बताएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट