मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु

मकवानपुर, १६ माघ । हेटौंडामा छैटौं संस्करणको ‘स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । हेटौंडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा सुरु भएको गोल्डकपमा बागमती युवा क्लब सर्लाहीले विजयी यात्रा सुरु गरेको छ । उद्घाटन खेलमा बागमतीले भुटानको पारो फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । बागमतीले खेलको चौथो मिनेटमा […]
डबलीमा `सिलीदुङ´ कवितासंग्रहमाथि विमर्श

भरतपुर, १६ माघ चितौन कचेहेरी र कर्मी चौतारीको आयोजना एवं थेबा–ला पब्लिकेसनको सहआयोजनामा मंगलबार भरतपुरस्थित डबली बुक क्याफेमा कवि गीलु रातोसको पहिलो कृति ‘सिलीदुङ’ कवितासंग्रहमाथि विमर्श गरिएको छ । कवि सरिता तिवारीले सहजीकरण गरेको कार्यक्रममा चलचित्र निर्देशक नवीन सुब्बा, कवि प्रकाश चापागाइँ र कलाकार एवं सञ्चारकर्मी आश्मा राईले सिलीदुङ र त्यसभित्र रहेका कविताबारे बोलेका थिए […]
सहिद दशरथ चन्द स्मृति पुरस्कार बनेपाका मोहन दुवाललाई अर्पण

भरतपुर, १६ माघ स्रष्टा आनन्ददेव भट्ट र सुशीला भट्टद्वारा स्थापित एवं हाम्रो सिर्जना त्रैमासिक पत्रिकाद्वारा संचालित सहिद दशरथ चन्द स्मृति पुरस्कार काभ्रे, बनेपा निवासी साहित्यकार एवं पत्रकार मोहन दुवाललाई अर्पण गरिएको छ । हाम्रो सिर्जना त्रैमासिकले मंगलबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा १५ हजार राशिको उक्त पुरस्कार जनमत साहित्यिक मासिक पत्रिकाका प्रधान सम्पादक दुवाललाई अर्पण गरिएको […]
हेटौंडाका किसानको आन्दोलन स्थगित
मकवानपुर, १६ माघ । दुधमा दिइएको अनुदान कटौती गरेपछि कृषकहरुले धर्ना सहित कृषि तथा पशुपंछी निर्देशनालय हेटौंडामा गरिएकाे तालावन्दी खुलेकाे छ । आन्दाेलनरत किसानसँग कृषि मन्त्रालयमा भएकाे छलफलबाट ३ बुँदे सहमति भएपछि धर्ना कार्यक्रम स्थगित गर्दै ताला खुलेकाे हाे । उत्पादन आधारित दुधमा प्रति लिटर किसानले पाउने अनुदानमा बागमती प्रदेश सरकारले यस वर्ष कटौती गरेको […]
सहिद बासुदेव घिमिरे स्मृति पत्रकारिता पुरस्कार–२०८० बाट तिमल्सिना र न्यौपाने सम्मानित

मकवानपुर, १६ माघ । रिपोर्टर्स क्लब नेपाल मकवानपुर शाखाले सहिद बासुदेव घिमिरेको नाममा स्थापना गरेको ‘सहिद बासुदेव घिमिरे स्मृति पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार नवराज शर्मा तिमल्सिना र नवराज न्यौपानेलाई सम्मान गरेको छ । क्लबका अध्यक्ष बलराम पुडासैनीको अध्यक्षतामा आज हेटौंडामा भएको कार्यक्रममा पत्रकार शर्मा र न्यौपानेलाई जनही ८ हजार ८ सय ८८ राशीको उक्त पुरस्कार […]
लायन्स क्लब अफ नारायणगढ नारायणीको रजत महोत्सवमा सप्ताहव्यापी कार्यक्रम हुँदै

भरतपुर, १६ माघ लायन्स क्लब अफ नारायणगढ नारायणीले रजत महोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । क्लबले मंगलबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी सप्ताहव्यापी कार्यक्रमबारे जानकारी गराएको हो । अध्यक्ष अञ्जु पियाका अनुसार संस्थाको भवनमा माघ १८ गते बिहान मधुमेह परीक्षण कार्यक्रम र साँझ दीप प्रज्ज्वलन कार्यक्रम हुनेछ भने १९ गते पाठेघरको मुखको […]
मलाई सहिद नबनाउ (कविता)

उ त्यो डाँडामा घाम नउदाउनु अघि म सूर्यक्रान्तिको खेमामा थेँ सूर्यक्रान्तिको उदयपछि देशका कारखाना जसरी बन्द भएँ । आमाले राखिदिएको नामको सट्टामा देशले परदेशीको सर्वनाम दिएपछि मैले आफूलाई बिर्सिएको हुँ । उल्कापिन्डको गतिमा दौडिरहेका मेरा नसानाडीको रगतलाई उस्सै नबगाउ दुर्गन्धित बागमती र बिष्णुमतिका खन्डहरमा । जाजरकोटको हैजा जसरी नफैलाउनुस् मेरा दिवास्वप्नका गाथाहरु । भोकै मरोस् […]
दुधको अनुदान कटौतीपछि कृषक धर्नामा

मकवानपुर, १६ माघ । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका- १ चाईनागेटस्थित कृषि तथा पशुपंछी निर्देशनालयमा किसानले धर्ना दिएका छन् । उत्पादनमा आधारित दुधमा प्रति लिटर किसानले पाउने अनुदानमा बागमती प्रदेश सरकारले यस वर्ष कटौती गरेको विरोधमा किसान उत्रेका हुन् । मंगलबार बागमती प्रदेश भित्रका सबै दुग्ध सहकारी संघको उपस्थितिमा विरोध तथा धर्ना कार्यक्रम आयोजन गरिएको मकवानपुर जिल्ला […]
आज देशभर विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइँदै

काठमाडौँ, १६ माघ । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि […]