लगातार चौथो पटक प्रधानमन्त्री बन्दै हसीना

भरतपुर, २३ पुस ।
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसीना लगातार चौथोपटक प्रधानमन्त्री बन्ने भएकी छिन् । आइतवार भएको विवादास्पद चुनावमा जीत हासिल गर्दै उनी चौथोपटक प्रधानमन्त्री बन्ने भएकी हुन्।

शेख हसीनाको पार्टी अवामी लीग र उनका सहयोगीहरू २९९ संसदीय सीटमध्य १५२ सिटमा जित हात पारेको छ । एकजना उम्मेदवारको निधन भएका कारण त्यहाँको निर्वाचन स्थगित गरिएको बीबीसीले जनाएको छ ।

बङ्गलादेशको मुख्य विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र तीनका सहयोगीहरूले चुनाव बहिस्कार गरेको थियो ।

बङ्गलादेश चुनाव आयोगले चुनावको आधिकारिक परिणाम आज घोषणा गर्ने तयारी गरेको छ ।

सन् १९९६ देखि २००१ सम्म बङ्गलादेशको प्रधानमन्त्री रहेकी शेख हसीनाको यो पाँचौँ र लगातार चौथो कार्यकाल हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट