भरतपुर, ११ पुस ।
चितवन साहित्य परिषद्ले स्रस्टाहरू शीतल कादम्बिनी र मनोज चौधरीलाई सम्मान गर्ने भएको छ । परिषद्ले बुधबार सूचना प्रकाशित गरी कादम्बिनीको उपन्यास `सिन्का पाउँरु´ र चौधरीको उपन्यास `टुवरा´लाई सम्मान गर्न लागेको जनाएको छ ।
प्रत्येक २ वर्षमा प्रदान गरिने चिसाप कृष्णकुमारी गुरुङ स्मृति पुरस्कार कादम्बिनीको उपन्यास सिन्का पाउँरु र प्रत्येक वर्ष प्रदान गरिने चिसाप कृष्ण-कृष्णा पुरस्कार चौधरीको
टुवरा उपन्यासलाई प्रदान गर्न लागिएको परिषद्का अध्यक्ष केदारनाथ खनालले जानकारी दिए । दुबै पुरस्कारको राशि जनही १५ हजार १४५ रुपैयाँ, दाेसल्ला र सम्मानपत्र रहेको छ ।
१४०अाैँ लेखनाथ जयन्तीका अवसरमा पुस १५ गते आइतबार चितवन साहित्य परिषद् भवनमा कार्यक्रम गरी पुरस्कार अर्पण गरिने परिषद्का उपाध्यक्ष गणेश श्रमणले बताए ।





