गैंडाकोटबाट हिँडेरै बुटवल पुगे रास्वपा सभापति रवि

भरतपुर, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गैंडाकोटबाट पैदल हिँडेरै बुटवल पुगेका छन् । रवि नेतृत्वको टोलीले सोमबार बिहान १० बजे गैंडाकोटबाट थालेको दबाबमूलक पैदलयात्रा थालेको थियो । टोलीले पहिलोदिन सोमबार ४१ किलोमिटर पैदलयात्रा गर्दै डण्डा बजारमा बास बसेको थियो भने दोस्रो दिन मंगलबार ३४ किलोमिटर पैदल यात्रा गरी बर्दघाटमा पुगेर बास […]
२०८० पुस १२ गते बिहीबारको कायाकैरन दैनिक (ePaper)

`सिन्का पाउँरु´ र `टुवरा´ पुरस्कृत हुँदै

भरतपुर, ११ पुस । चितवन साहित्य परिषद्ले स्रस्टाहरू शीतल कादम्बिनी र मनोज चौधरीलाई सम्मान गर्ने भएको छ । परिषद्ले बुधबार सूचना प्रकाशित गरी कादम्बिनीको उपन्यास `सिन्का पाउँरु´ र चौधरीको उपन्यास `टुवरा´लाई सम्मान गर्न लागेको जनाएको छ । प्रत्येक २ वर्षमा प्रदान गरिने चिसाप कृष्णकुमारी गुरुङ स्मृति पुरस्कार कादम्बिनीको उपन्यास सिन्का पाउँरु र प्रत्येक वर्ष प्रदान […]
जिल्लास्तरीय अन्तर कलेज वक्तृत्वकला प्रतियोगितामा अर्किड कलेजका प्रतीक अधिकारी प्रथम

भरतपुर, ११ मङ्सिर । अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पस कमिटीले बुधबार चितवन जिल्लास्तरीय अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिताको शीर्षक “बढ्दो वैदेशिक पलायन रोक्न विश्वविद्यालयको भूमिका” रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने थिए । उनले आजको समयमा मिल्ने गरी नेपालका विश्वविद्यालयहरू फेरिनु पर्ने कुरामा जोड […]
चितवन चेम्बर अफ कमर्शको अध्यक्षमा युवा व्यवसायी गोपाल भट्टराई निर्वाचित

भरतपुर, ११ पुस । चितवन चेम्बर अफ कमर्शको अध्यक्षमा युवा व्यवसायी गोपाल भट्टाराई निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनबाट संथापक उपाध्यक्षसमेत रहेका भट्टाराईको नेतृत्वमा आगामी ३ वर्षका लागि २१ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अध्यक्ष दीर्घमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिवमा महेश […]
लागुऔषधसहित ४ जना प्रहरी नियन्त्रणमा
मकवानपुर, ११ पुस । मकवानपुर प्रहरीले लागुऔषध गाँजा ९८ किलाेसहित ४ जनालाई नियन्त्रणमा लिएकाे छ । मकवानपुरकाे २ छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ । हेटौंडा उपमहानगरपालिका- १५ राताेमाटेबाट ८८ किलाे ३ सय ९० ग्राम गाँजासहित १ जना र मनहरी गाउँपालिका- ९ रमनटारबाट १० किलाे गाँजासहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे बागमती प्रदेश […]
तमू प्ये ल्हु संघको ल्होसार नारायणी किनारमा हुँदै

भरतपुर, ११ पुस । तमू प्ये ल्हु संघ चितवनले यसवर्षको तमू ल्होसार पर्वलाई विशेष बनाउन नारायणी नदी किनारमा मनाउने तयारी गरेको छ । गुरूङ समुदायको धार्मिक एवम् सांस्कृतिक संस्थाको रूपमा स्थापित संस्थाले यसपटक खुला स्थानमा ल्होसार मनाउने तयारी गरिएको मङ्गलबार भरतपुर–११, नौरङ्गेस्थित खेमा तमू समाजको क्होइबोमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । संघका अध्यक्ष […]
२०८० पुस ११ गते बुधबारको कायाकैरन दैनिक (ePaper)

प्रधानमन्त्रीलाई चिट्ठी

श्रीमान् सम्माननीय प्रधानमन्त्रीज्यू, जसरी चीनमा देङ् सिआयो फिङ्, सिङ्गापुरमा ली क्यान यू, मलेसियामा महाथिरको नाम अद्भुत विकासका जनकको रुपमा लिइन्छ त्यसै गरी नेपालमा खोइ हजुरको नाम र काम ? दशक लामो द्वन्द्वपछि हामीले अद्भुत विकासको सपना देखेका थियौँ । तर सपना देखेर मात्र विकास नहुँदो रहेछ । दूरदर्शी विकास र दृढ इच्छाशक्ति भएका राजनेता नपाएसम्म, सपना देखाउने र त्यही बाटोमा हिँडाउने नेतृत्व नभएसम्म र सरकारको काममा पारदर्शिता एवम् जवाफदेहीता नभएसम्म विकास नहुँदो रहेछ । हजुर रक्तरञ्जित इतिहासको दारूण दशालाई बिर्सेंर विकासमा तिव्र गतिमा होमिन सक्नुभएन । अब देशलाई अग्रगमन, सुशासन, भ्रष्टाचार निवारण, शिक्षा, स्वास्थ्य , रोजगार, कृषि, पर्यटन जस्ता अपरिहार्य पक्षमा यहाँले विशेष भूमिका खेल्नु पर्दछ र देशको सुशासन, अमनचयन र शान्ति व्यवस्थामा प्रभावकारी कदम अगाडि बढाउनु पर्दछ भन्ने आशावादी स्वर र सकारात्मक पहलले भरिएको यो पत्र लेख्न गइरहेको छु । सम्माननीय प्रधानमन्त्री ज्यू हामीहरूले तपाईप्रति ठूलो आशा राखेका थियौं । २०६४ को चुनावपछि बनेको सरकारले केही गर्ने छ भन्ने पूर्ण विश्वास थियो । त्यस समयमा माओवादीले चाहेको भए जे बोल्थ्यो त्यही हुन्थ्यो । पहिलो जनवादी सरकारले साम्यवाद ल्याउँछ भन्ने सवैलाई सपना भर्नुभयो । शिक्षा, स्वास्थ्य नि:शुल्क हुन्छ भन्दै बोर्डिङ वन्द गराउँदै हिँड्नुभयो । हाम्रो सरकार आएपछि बिजुली, मालपोतको पैसा तिर्नपर्दैन भन्दै आशा र सपना बाड्नुभयो । कोही भोकै बस्नु पर्दैन, कोही बेरोजगार हुनु पर्दैन , कोही ठूला र साना, धनी र गरिब हुने छैनन भन्नुभयो । वैज्ञानिक शिक्षा दिन्छौँ भन्नुभयो । तर आज के ले रोक्यो तपाईलाई त्यो पूरा गर्न ? किन पछि हट्नुभयो जनताको मुद्धाबाट ? के तपाईँहरुले गरेको राजनीति यत्तिको लागि मात्र थियो ? तपाईहरुले आफ्नो जीवन बदल्नको लागी मात्र थियो ? निर्दोष मानिसहरूको के दोष थियो ? त्यो बाँदरमुडेमा परेका सर्वसाधारणको के दोष थियो ? यसै हुनु थियो भने, यही अवस्थामा युवा जति विदेशै जानु पर्ने, दुई गाँस खानको लागी विदेशी भूमिमा ६० डिग्रीको तामक्रममा खट्नुपर्ने थियो भने हामीलाई गणतन्त्र, लोकतन्त्र के–के तन्त्रको के जरुरी थियो ? हाम्रा निर्दोष मानिस मरेर के पाए ? जसलाई विश्वास गरेर सत्तामा पुर्यायो त्यसैले मानव तस्कर, सुनकाण्ड, विभिन्न काण्ड गराउँछन भने के तपाईहरुले जनताको लागि गरेको रहेछ ? १७ हजार मान्छे मर्दा तपाईका छोराछोरी कहाँ थिए ? जनतालाई धोका दिने ? २०६४ मा तपाईँ प्रधानमन्त्री बन्दा हामीले आशा गरेका थियौँ अब देशमा शान्ति हुन्छ । राजनैतिक परिवर्तनको लागि अब अर्को आन्दोलन गर्न पर्ने छैन । विकास हुनेछ । तर के विलखवन्दमा पर्नुभयो र रुक्माङ्गतसँग निहुँ खोजेर सत्ता गुमाउनु पर्यो ? के त्यस्तो भवितव्य आइपर्यो र शिक्षा, स्वास्थ्य रोजगार भ्रष्टाचार निवारणमा सम्झौता गर्नुपर्यो ? आज देशको अवस्था के छ ? आज भन्दा २८ बर्ष अगाडि तत्कालीन समयमा राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने राजनीतिक उध्देश्य बोकेर जनयुद्ध शुरु गरेको नेकपा माओवादी जनयुद्ध र त्यस पछिका धेरै वर्ष शान्तिपूर्ण राजनीतिक प्रक्रिया पार गर्दै यो अवस्थासम्म आईपुग्यो । जनताहरु आशावादी थिए, देशले मुक्ति खोजेको थियो र जनताका छोराछोरीहरु महान जनयुद्ध लड्न युद्धको बलिभेदीमा उत्रिन तयार थिए र भए । अनि जहाँ उनीहरु ढले रगतका खोली बगेका थिए । कैयन लालाबालाहरु दिनानुदिन टुहुरा भएका थिए, चेलीहरुको सिउँदोको सिन्दुर पुछिएको थियो । हजारौँ बाआमाहरुका बुढेसकालका सहाराहरु सरकार र विद्रोही माओवादी पक्षबाट मारिएका थिए ।यसको साक्षी हजुर हुनुहुन्छ । ०६४ को ऐतिहासिक संविधानसभा मार्फत दश बर्ष जनयुद्ध लडेको माओवादी पार्टी पहिलो राजनीतिक शक्तिको रुपमा उदय भयो । जनयुद्धमा नेपाली जनताले देखाएको त्याग र बलिदानको खास मूर्तरुप वा चुरो बिषय गणतन्त्र नै थियो । यसका लागि पनि नेपाली जनताले माओवादीलाई पहिलो शक्तिको रुपमा निर्वाचित गराए । संसदीय व्यवस्थाको कडा विरोधी माओवादी आफै जब संसदीय अभ्यासमा सरकार चलाउदैँ थियो । माओवादीसँग नेपाली जनताका धेरै आशा र अपेक्षा थिए, प्रत्यक्ष आशाको केन्द स्वरूप यहाँ बन्नु भएको थियो । नेपाली जनताले सोचेका थिए , अब गणतन्त्र आए पछि जनताका छोराछोरीहरु यो देशको सत्ताका प्रमुख बन्नेछन् । हाम्रा छोराछोरीहरु सत्तामा गएपछि यिनीहरुले हाम्रो सेवक भएर काम गर्नेछन, सबैलाई समान कानुन र समान सद्भाव देखाउनेछन, अनेकौं खाले असमानता र विभेदहरु चिरिदिनेछन र हामीलाई पूर्ण स्वतन्त्र जनता र स्वराज्य पस्किनेछन । मुलुकको हितका निमित्त हाम्रा छोराछोरीहरुको राज्यसत्ताले देश सेवा गर्नेछन तर आशाले निराशाको पुरस्कार दियो । यस अवस्थाको प्रत्यक्ष प्रभावी व्यक्ति हजुर हुनुहुन्थ्यो । आफुलाई युद्धमा समर्पित गर्नेका परिवारहरुले काख रित्याएर नआउने बाटो गएको मेरो छोरोले इतिहासमा नाम दर्ज गर्नेछ । मेरो सिउँदो पुछेर नआउने बाटो गएको मेरो श्रीमानको सपना साकार हुनेछ,महिला मुक्तिको निमित्त धावा बोल्ने मेरी छोरी मरेर पनि अमर हुनेछिन् । हामीलाई टुहुरो पारेर इतिहासमा कहिल्यै नमर्ने नाम लेखाएका हाम्रा बुवा र आमाको नामले आम जनताको उत्पीडनलाई मुक्ति दिनेछ । बेपत्ता भएर हाड्खोर नभेटिएको हाम्रो सन्तान बेपत्ता भए पनि उसको सपना र सङ्कल्पले नेपाल आमालाई अभाव खट्किन दिने छैन,यस्तै आशा र भरोसा पालेका थिए । घाइतेहरुले सोचेका थिए, अबको गणतन्त्रमा हामीले राष्ट्रिय सम्मान पाउनेछौं,हाम्रो अङगभङ्ग भएर के भो त ? हामीले घायल मातृभूमिलाई तन्दुरुस्त बनाएकोमा गौरव गर्न पाउने भएका छौँ । हाम्रो चहर्याइरहेको घाउमा हाम्रो सत्ता र सहयोद्धाले मल्हम पट्टी लगाइदिनेछन् । महान् जनयुद्धको हाम्रो बलिदानी,त्याग र तपस्यालाई हाम्रो नेतृत्वले उच्चतम सम्मान र सम्बोधन गर्नेछ र नेपालमा नौलो बिहानी आउनेछ । मरे सहिद ,बाँचे सत्ताका मालिक हामी नै बन्नेछौं । तर कालान्तरमा आएर यी अपेक्षाहरु बेखबर भए,राज्यले सम्बोधन गरेन । सहिद परिवार सहाराबिहिन भए, घाइतेहरु जीवन र मृत्युको दोसाँधमा रहेर काल पर्खिरहेका छन । जनयुद्ध लडेका सयौं जनमुक्ति सेनाका योद्धाहरु आज खाडीमा पसिना बगाउन विवश छन् भने कतिपय पासपोर्ट लिएर काठमाडौंका गल्लीहरु भौँतारिरहेका छन । जनयुद्धका घाईते अपाङ्गहरुको अवस्था झनै दयनीय छ । शरीरमा लागेको बमका छर्राहरुले अहिले पनि दुखाइरहेका छन् । गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशिताका लागि लडेका योद्धाहरु आज यहीँ गणतान्त्रिक नेपालमा अपराधी जस्तो हुनु परेको छ । यी दु:खदायी अवस्थालाई यहाँले नजर अन्दाज गरिरहनुभयो । देशमा पुरानो सत्ताको पतन पश्चात् लाखौँ करोडौं युवाहरुले यस्ता यस्ता अपेक्षाहरु पालेका थिए : नयाँ सरकारले विगतमा कहालीलाग्दा अवस्थाको सृजना गर्ने सामन्ती र पुँजीवादी दलालहरुलाई देशैभरबाट जरै सहित उखेल्नेछ। गणतन्त्रका हिमायतीहरु,समृद्ध राष्ट्रका लागि जुट्नेछन । हाम्रै देशमा उद्योगधन्दा, कलकारखाना खुलेको पाउनेछौँ । बेरोजगारीको पीडा सहन गर्नुपर्ने छैन । हामी हाम्रो युवा जनशक्तिको जोसिलो श्रम हाम्रै मुलुकमा खर्च गरेर हामी हाम्रै सार्वभौमताको मालिक बन्नेछौँ । हाम्रो देशमा बाँच्न पाउने अधिकार सर्वोपरि अधिकारको रुपमा हुनेछ । यो अधिकार स्वन्तत्र रुपमा उपयोग गर्न पाइनेछ । हत्या, हिंसा र आतङ्कको बर्बर यातनामा बाँच्ने अधिकार कुण्ठित हुने छैन । कसैले पनि पीडाले रन्थनिएर तप तप आँसु चुहाउनु पर्ने छैन । वास्तवमा यो अवस्थाको सृजना गर्न हजुर स्वयम् जवाफदेही हुनुपर्थ्यो । माध्यमिक तहको शिक्षा अनिवार्य,निःशुल्क र प्रभावकारी हुनेछ । दुई खाले शिक्षा नीति खारेज गरिने छ । सम्भ्रान्त र विपन्न दुवै वर्गले एउटै शिक्षण संस्थाबाट अध्ययन गर्ने स्थिति बन्नेछ । राष्ट्रपतिको सन्तान र हाम्रो सन्तान एउटै शिक्षण संस्थामा पढेर हाँस्दै हाँस्दै गेटबाट वाहिर निस्कने वातावरण बन्नेछ । शैक्षिक संस्थाहरु उपयुक्त प्रविधिमैत्री बन्ने छन् । स्वास्थ्य सेवालाई मौलिक अधिकारका रुपमा स्वीकार गरी यसको लाभ लिन सकिनेछ । स्वास्थ्य क्षेत्रमा राज्यको लगानी, सुरक्षामा लगानी गरे जत्तिकै महत्वपूर्ण हो भन्ने मान्यता स्थापित हुनेछ । राज्यले स्वास्थ्यको पूर्णरुपमा जिम्मेवारी लिनेछ । च्याउझैं उम्रिएका हस्पिटलहरु बन्द गराई अन्य क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने स्थिति आउनेछ । देश विकासका लागि आवश्यक आधार पर्यटन र उद्योग धन्दा नै महत्वपूर्ण भएकाले उद्योगमा लगानी गरी नागरिकलाई रोजगारी दिने वातावरण बन्नेछ । नागरिकका दैनिक आवश्यकताको परिपूर्ति मूलतः आय र रोजगारसँग जोडिनेछ । रोजगार छ, आय छ भने स्वभाविक दैनिक आवश्यकताका वस्तुहरु जोहो गर्न सम्भव हुन्छ । अन्यथा गाँस, वास, कपासको नारा अर्थहीन हुन्छ । गाँस बास कपासको उचित व्यवस्थापन गर्ने वातावरण बन्नेछ । बेरोजगारीलाई रोजगारी दिई बहुराष्ट्रिय र अन्तराष्ट्रिय कम्पनीलाई सहज बनाई युवालाई आकर्षक गर्ने वातावरण बनाइने छ । भ्रष्टाचार, लुटपाट, गुण्डागर्दी, बलात्कार जस्ता सामाजिक अपराधको अन्त्य हुनेछ । भ्रष्टाचार र सो कार्यलाई निरुत्साहित गर्ने र कानुनी उपचार गर्ने संस्था अख्तियार दुरुपयोग निवारण आयोगलाई स्वच्छ, पारदर्शी एवम् सक्षम बनाइ तीव्र कार्यान्वयनमा प्रयोग गरी सबैलाई कानुनी उपचार गर्ने स्थिति बन्नेछ । भ्रष्टाचारीप्रति शून्य सहनशीलता अपनाइने छ । भ्रष्टाचार र अनियमिततामा संलग्न राजनितिज्ञ, कर्मचारी सवैलाई जेल हालिने छ । अब उप्रान्त कोही राजनीतिज्ञ वा राष्ट्रसेवकबाट भष्टाचारको दुष्प्रयास गरेमा यस्तै नियति भोग्नु पर्नेछ भन्ने सन्देश दिइने छ । यस किसिमको आशाहरू सम्भावना बन्नु जरुरी थियो भन्ने यहाँलाई पनि अवगत छ । हिमाली, पहाडी, तराई भन्ने भेदभाव पूर्ण शब्द नभई मात्र हामी नेपाली हौं भन्ने भावना हुनेछ । जात, रङ्ग, लिङ्ग, वर्ण, सामाजिक वा आर्थिक स्थिति बीचको विभेद हटी समतामूलक समाजको निर्माण हुनेछ । देशमा सामाजिक कुसंस्कार र अन्धविश्वासको अन्त्य भई बन्द हड्ताल, चक्काजाम, ढुङ्गा मुढा, तोडफोडको स्थिति सदाका लागि बन्द रहने छ । खेतका बाँझा फाँटहरुमा कृषि उत्पादन, पशुपालन एवम् रासायनिक मलको उत्पादन गरी दैनिक उपभोग्य सामग्री स्वदेशमै उत्पादन गर्ने र सहुलियत मूल्यमा किन्ने वातावरण बन्ने छ । हरेक स्थानीय निकायमा उत्पादित खाद्यान्न र दुध, मासु, तरकारीको बजार ग्यारेन्टी गरिने छ । सवै वस्तु राज्यले किसानबाट उचित मूल्यमा किन्ने छ । ठुला र फराकिला राजमार्ग निर्माण गरी प्रत्येक चोकमा ट्राफिक लाईटको व्यवस्था, निःशुल्क पार्किङ्को व्यवस्था हुने छन् । प्रत्येक कार्यलयमा पहिला पार्किङ् त्यसपछि कार्यालयको व्यवस्था अनिवार्य गरिने छ । पूर्वपश्चिम बुलेट ट्रेनको ब्यवस्था मिलाइने छ । मेचीको मान्छे बिहान उठ्छ, महाकालीको अफिस जान्छ, कार्यालय समय सकिएपछि ट्रेन चढ्छ र बेलुका घर फर्किन्छ ।यो अवसरको निर्माण हुने छ । जल, जमिन, जङ्गल, जडिबुटी र जनशक्तिको पूर्ण उपयोग गरी ग्यास र पेट्रोल विस्थापन गरी विद्युतीय उपकरण प्रयोग गर्ने वातावरण बन्ने छ । नेपालको आफ्नो शिरलाई उच्च राख्ने वैदेशिक नीति अपनाई राष्ट्र र राष्ट्रियतालाई विशेष महत्व दिई कार्यान्वयनको दिशामा अघि बढ्ने वातावरण बन्ने छ । विदेशमा बस्ने नेपालीहरुलाई भोट हाल्न वञ्चित गराउन मिल्दैन। उनीहरुलाई पनि अनलाइन भोटिङ सिस्टमद्वारा नेपालमा मतदान गर्ने व्यवस्थाको सिर्जना हुने छ । नेताको सम्भाषण, वार्तालाप आदिमा सभ्य भाषा, सुसंस्कारित जीवनशैली, विकासका नयाँ मोडेल र सम्भावना ल्याउन सक्ने सौहाद्रपूर्ण अवस्थाको परिपाटी पालना गर्ने वातावरण निर्माण हुने छ । नेताहरु एक आपसमा भेट्दा, आमसभामा भाषण गर्दा जहिले पनि सभ्य भाषाको प्रयोग गर्ने छन् ।समृद्धिको कुरा गर्ने छन् । सुशासनको कुरा गर्ने छन् । विकाश योजनाको कुरा गर्ने छन् ।एउटाले अर्कोको कुरा काटने काम गर्ने छैनन् ,नाटकै हो, नौटंकी नै हो भन्ने जस्ता लान्छना सुन्न पर्ने छैन । तर यहाँ उल्टो भैदियो, वर्तमान अवस्थामा यी यावत् सम्भावना पूरा हुन सक्ने स्थिति छैन । लोकतान्त्रिक गणतन्त्रले युवालाई झन् झन् परनिर्भर मात्रै बनाएन झन्डै आधा करोड युवाशक्ति खाडी लगायत संसारका अधिक राष्ट्रमा पठाएर लिलाम गरिदियो । दैनिक हजारैँको संख्यामा युवा विमानस्थल हुदै खाडी पुग्नु पर्ने बाध्यता छ । महान सपनाहरु बोकेका युवा शक्तिहरु दिनहु जसो आफ्ना सपनाहरु काठको बाक्सामा प्याक हुँदै लासको बाक्सामा हरियो पासपोर्ट सहित पशुपतिनाथको आर्यघाटमा जल्न आइपुगे र आउदैछन भने कति बिरानो मुलुकमा फासीको सजाय सुनेर मृत्युको पर्खाइ कुरेर कैद छन भने रेमिटेन्सभोगी सत्ता बेखबर विडम्बना भएको सन्दर्भ लेखेर लेखी साध्य भएन, युवाको सपना पोलिरह्यो । समृद्द राष्ट्र नेपाल एकादेशको कथा भयो । जुन स्थिति यहाँले पनि देखिरहनु भएको छ । विगतमा करोडौं जनता आफ्नै कुटो कोदालोले खेती गर्दै संसार सामु नझुकी आत्मनिर्भर थिए । खेतीपातीमा आम जनता आफ्नो परिवार पाल्दै थिए । सम्पूर्ण उपभोग्य बस्तु स्वयम् उत्पादन गर्थे । सामुन्द्रिक तटबन्ध नभएको भुपेरिवेष्ठित देशका जनताले नुनको लागि मात्रै परनिर्भर बन्नुपरेको थियो । आफ्नो आत्मनिर्भरताको राजमार्ग आफै निर्माण गर्न सफल जनतालाई आज त चामल पनि चीन ,भारत र इन्डोनेसियाबाट बेसाउन पर्ने चुनौती थपिँदैछ । सन् १९६० को दशकसम्म नेपाल दक्षिण एसियामा सबैभन्दा बढी धान उत्पादन गर्ने देश थियो । तर २०७९/८० सम्म आइपुग्दा सबैभन्दा कम धान उत्पादन गर्ने देश भएको छ । यस्तै, आर्थिक वर्ष २०७९/०८० मा ३६ अर्ब ६६ करोड ३२ लाख २१ हजार रुपैयाँको धान र चामल आयात भएको देखिन्छ । कृषिमा क्रान्तिको भाषण गरियो, सुशासनको सुत्रपातको कुनै सङ्केत गरेन । यस्ता तमाम समस्याको समाधानमा यहाँको हस्तक्षेपकारी भूमिका हुनुपर्थ्यो । आम जनताको एउटै अभिलाषा थियो कि अब निरङ्कुश राजन्तन्त्रको पतन पश्चात् जनताका छोराछोरीहरु प्रमुख रहेको सत्ता जनसत्ताले समान शिक्षाको उजागर गर्नेछ । कोहीले तहगत शिक्षाको विभेद सहन गर्नुपर्दैन । धनी र गरिबको छोराले पढ्ने स्कुल एकै किसिमको हुन्छ । बुर्जुवा शिक्षाको समुल अन्त्य भै बैज्ञानिक शिक्षाको प्रारम्भ गर्नेछ ।सबैले नि:शुल्क शिक्षाको ज्योतिबाट वन्चित हुनुपर्दैन । सबै साक्षर हुन पाउनेछन । तर यहाँ त्यसो नभएर शैक्षिक माफियाहरुलाई काखी च्याप्दै खबरदारी र गणतन्त्र कै खिल्ली उडाउने गरी सत्ता लम्पट हावी भइरह्यो । प्रधानमन्त्री ज्यू ! राज्यका भिभिआइपिहरुलाई अलिकति टाउको दुख्दा सिंगापुर,थाइल्यान्ड ,जापान र अमेरिकाको सुविधा उपलव्ध भयो भने जाजरकोट ,हुम्ला,जुम्ला, कालिकोट,डोल्पा लगायतका विकट जिल्लाका बिमारीहरुले सिटामोल सम्मको पहुच नपाउने अवस्था हावी भयो । योद्दाहरु मात्रै नभै तमाम गरिबिको रेखा मुनि रहेका बिमारीहरु अस्पतालको नाम लिदा तर्सिने किसिमको भयावह अवस्था आज हाम्रो आँखा सामुन्ने छर्लङ्ग देखिएको छ । कैयन बिमारीहरु आर्थिक अभावमा गरिबीको कारणले मृत्युवरण गर्नु विवश परिस्थितिलाई जनताका छोराछोरीहरु सत्ताको मालिक भएको अवस्थाले सम्बोधन गर्न सकेन । आज माडीको बाँदरमुढे खोलामा राजनीतिक पार्टीको नाममा मच्चाइएको अति क्रुर मानवताविरोधी आततायी घटना घटाइएको १८ वर्ष पूरा भइसक्दापनि न पीडितलाई न्याय छ, न पीडकहरुलाई सजाय छ ।अझै पनि पीडितहरु न्यायको पर्खाइमा छन् । जनताले न्यायको आशा गर्नु “आकाशको फल आँखा तरी मर”भएन र प्रधानमन्त्री ज्यू ? प्रधानमन्त्री ज्यू ? त्यति ठूलो बलिदानीले प्राप्त उपलब्धिलाइ समेत प्रवाह नगरी राज्यसत्ताले बजारको अनुगमनको औपचारिकता समेतको प्रारम्भ गर्न चाहेन । एकै किसिमको सामानको मूल्य पसललै पिच्छे फरक हुदा समेत धावा बोल्न सकेन । बजारका सटर र स्टोरको एकै किसिमको भाडादरको सूची तय गर्न सकेन । मनपरी बजार र लुट्तन्त्रले ठगी बढिरहेको प्रति हाम्रो राज्य जनउत्तरदायी बन्नै सकेन । कालोबजारीलाई छाडा छोड्दै सोझासिधा जनताको अमुल्य श्रमबाट सिर्जित कमाइलाई बार्गेनिङ्को बजारले लुटिरहेको प्रती सुशासनका हिमायतीहरुको ध्यानाकृष्ट हुन सकेन ।सत्ता जनता देखि टाढा भयो । राजनीति प्रति नेपाली समाजको नै आशा हरायो । राजनीति , प्रशासन सबै भ्रष्ट छ भन्ने सबैलाई थाहा छ । मुलुक भविष्यसम्मै बन्दैन, सुधार हुँदैन भन्नेमा आमनागरिक विश्वस्त भएकाले अभिभावक नै छोराछोरीलाई गच्छे अनुसारका देश पठाउन चाहिरहेका छन् । जनताका छोराछोरीहरु मातृभूमि देखि टाढा हुन बाध्य भएको यो विडम्बनालाई हाम्रो सत्ताले मूल्याङ्कन र गर्न जानेन । यो कुरालाई स्विकार गर्नैपर्छ । हामी सबैले अनुमान गरेका थियौ कि अबको नवीन सत्ताले सुशासनमा नौलो आयाम थप्नेछ ।अन्याय र अत्याचारका हर्कतहरुले कसैलाई दबाउन सक्दैन ।हामी सबैलाई समान पद्धतिको ऐन र कानुन निर्माण बनाउनेछ । तर […]
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि देवचुलीको भीमसेन आदर्श माविलाई

देवचुली, ११ पुस । नवलपुरमा संचालित सोह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि देवचुली नगरपालिकामा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयले जितेको छ । पुस ८ गतेबाट जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजना तथा शान्ति निकुञ्ज माध्यमिक विद्यालयको व्यवस्थापनमा राजमन्दिर खेलमैदान सुरु भएको प्रतियोगितामा भीमसेनले ९ स्वर्ण, ३ रजत र ७ कास्य पदकसहित प्रथम उपाधि उचालेको हो […]