जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि देवचुलीको भीमसेन आदर्श माविलाई

देवचुली, ११ पुस ।
नवलपुरमा संचालित सोह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि देवचुली नगरपालिकामा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयले जितेको छ । पुस ८ गतेबाट जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजना तथा शान्ति निकुञ्ज माध्यमिक विद्यालयको व्यवस्थापनमा राजमन्दिर खेलमैदान सुरु भएको प्रतियोगितामा भीमसेनले ९ स्वर्ण, ३ रजत र ७ कास्य पदकसहित प्रथम उपाधि उचालेको हो ।

जिल्लाका आठवटा पालिकाबाट विभिन्न विधामा छनोट भएका छात्रछात्राको सहभागिता रहेको प्रतियोगितामा जनता माध्यमिक विद्यालय, कावासोतीले ५ स्वर्णसहित दोस्रो र मणिसंगम माध्यमिक विद्यालय, डाडाजोर, विनयी त्रिवेणीले ३ स्वर्ण, ४ रजत र ३ कास्यसहित तेस्रो भएका छन् ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, सितोरियो कराते र तेक्वान्दो विधामा खेलहरु भएका थिए ।एथलेटिक्स विधामा जनता माध्यमिक विद्यालय प्रथम, मणिसंगम माध्यमिक विद्यालय दोस्रो र भीमसेन आदर्श माध्यमिक विद्यालय तेस्रो भएका छन् । भलिबल छात्रतर्फ लुम्बिनी आदर्श डिग्री कलेज प्रथम, देवचुली माध्यमिक विद्यालय दोस्रो र त्रिभुवन माध्यमिक विद्यालय तेस्रो भएका छन् भने छात्रातर्फ कृष्ण गण्डकी मा वि ढोडेनी प्रथम, कालिका माध्यमिक विद्यालय दोस्रो र धर्मात्मा माध्यमिक विद्यालय मचेडी तेस्रो भएका थिए ।

त्यसै गरि कबड्डी छात्रतर्फ नारायणी गण्डकी माध्यमिक विद्यालय प्रथम, सरस्वती संस्कृत माध्यमिक विद्यालय दोस्रो र मध्यबिन्दु कलेज तेस्रो भएको छन् भने छात्रातर्फ सरस्वती नमुना माध्यमिक विद्यालय हसौरा प्रथम, नेपाल शान्ति माध्यमिक विद्यालय हुप्सेकोट दोस्रो र लक्ष्मी माध्यमिक विद्यालय तेस्रो भएका छन् ।

जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसीको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाबाट एथलेटिक्स, कबड्डी,भलिबल, कराँते र तेक्वान्दो छात्रछात्राहरुको छनोट गरिएको जिल्ला खेलकुद विकास समितिका प्रवक्ता कृष्ण पाण्डेले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट