चितवन चेम्बर अफ कमर्शको अध्यक्षमा युवा व्यवसायी गोपाल भट्टराई निर्वाचित

भरतपुर, ११ पुस ।
चितवन चेम्बर अफ कमर्शको अध्यक्षमा युवा व्यवसायी गोपाल भट्टाराई निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनबाट संथापक उपाध्यक्षसमेत रहेका भट्टाराईको नेतृत्वमा आगामी ३ वर्षका लागि २१ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

अध्यक्ष दीर्घमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिवमा महेश तिवारी, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठक र सहकोषाध्यक्षमा प्रकाश श्रेष्ठलाई चयन गरेको छ । त्यसैगरी सदस्यमा गगन लामा, शुकरानी लामा, शोभा गौतम, नवीन रिजाल, बलराम भण्डारी, दिपेश श्रेष्ठ, निलेनमान शाक्य, रामप्रसाद सुवेदी, प्रमिल न्यौपाने, विशाल भट्टाराई, अच्युत थपलिया, शोभाखर अधिकारी र पुरुषोत्तम कँडेल चयन भएका छन् ।

कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन, भावी कार्ययोजना र आर्थिक प्रतिवेदन अनुमोदन गरिएको छ । कार्यक्रममा देशको वर्तमान आर्थिक अवस्था, व्यवसायीहरुले भोग्नु परेको समस्याका सन्दर्भमा व्यवसायीहरुले आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमा बोल्दै संस्थापक अध्यक्ष समेत रहेका दीर्घमान श्रेष्ठले संस्था स्थापनाकालदेखि हालसम्म नेपालमा चेम्बरले पुर्‍याएको योगदानको चर्चा गर्दै र वर्तमान अवस्थामा व्यवसायीलाई धैर्यपूर्वक आफ्नो व्यवसायमा लग्न अनुरोध गरे ।

नवनिर्वाचित अध्यक्ष भट्टाराईले समस्या न्यूनीकरण र गुनासोलाई सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्दै बैदेशिक रोजगारीका नाममा विदेश पलायन हुने युवाहरुलाई नेपालमै उद्यम तथा रोजगारीको वातावरण बनाउन विभिन्न कार्यक्रमहरु संचालन गर्ने समेत बताए ।

बुधबार नै नवनिर्वाचित अध्यक्ष गोपाल भट्टराईको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको छ ।

वि. सं. २०७५ सालमा चितवनमा स्थापित संस्थाले व्यावसायिक हकहित, प्रबर्द्धन, व्यावसायिक दक्षता, विकास, सरोकारलगायत विभिन्न क्षेत्रहरुमा कार्य गर्दै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट