‘द कलर्स अफ स्प्रिङ’ को गृह विमोचन एवम् विमर्श

भरतपुर, १० पुस ।
कवि कुमाराज सुवेदीका अंग्रेजी कविताको सँगालो ‘द कलर्स अफ स्प्रिङ’ को गृह विमोचन गरिएको छ । सम्पूर्ण किताबले मंगलबार आयोजना गरेको कार्यक्रममा कृति विमर्शसँगै कवितावाचन गरिएको छ ।

कार्यक्रममा सुवेदीको कवितासंग्रहका बारेमा मनोजविक्रम बिष्ट, सञ्जय चौधरी, युवराज पौडेल र उदय अधिकारीले टिप्पणी राखेका थिए । कार्यक्रममा कवि सुवेदीले संग्रहबाट ५ वटा कवितावाचन गरेका थिए । सुवेदीले कविता लेखनका सन्दर्भ पनि सुनाए ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्यकार धनराज गिरी रहेका थिए भने अध्यक्षता सम्पूर्ण किताबका लेखराम सापकोटाले गरेका थिए । कार्यक्रमलाई सञ्चारकर्मी दिनेश कँडेलले सहजीकरण गरेका थिए ।

पर्वत जिल्लामा जन्मिएका कवि सुवेदीको बाल्यकाल बछौलीमा बित्यो । झुवानी माविबाट एसएलसी दिएका सुवेदीले सहिद स्मृति क्याम्पस टाँडी, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र फ्लीन्डर्स युनिभर्सिटी अष्ट्रेलियाबाट उच्चशिक्षा पूरा गरे । उनका नेपाली कविताहरुको संग्रह प्रकाशोन्मुख छ । ‘द कलर्स अफ स्प्रिङ’ को प्रकाशन साहित्यपोष्टले गरेको हो ।

बंगलादेशको द बेस्ट पोएट अफ द इभेन्ट अवार्डबाट सम्मानित सुवेदीका फुटकर कविता १६ वटा देशबाट प्रकाशित भएका छन् । पछिल्लो समय अष्ट्रेलियामा प्राध्यापन पेशामा रहेका सुवेदी फ्रेन्डली स्ट्रिट पोएट्स अष्ट्रेलिया, ट्राम्स इन्ड पोएट दक्षिण अष्ट्रेलियालगायत संस्थामा आबद्ध छन् ।

‘द कलर्स अफ स्प्रिङ’ माथि आलोचना नाम दिइएको उक्त कार्यक्रममा पत्रकार एवं मोसो उपन्यासका लेखक सूर्यप्रकाश कँडेल, अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभात, मुकुन्दसेन टेलिभिजनका प्रबन्ध निर्देशक असिफ गुरुङ, कवि एवं लेखक सिर्जन अविरल, प्रेम सिग्देल, रुद्र घिमिरे, मिठु गौतम सुवेदीलगायत सहभागी थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट