‘द कलर्स अफ स्प्रिङ’ को गृह विमोचन एवम् विमर्श

भरतपुर, १० पुस । कवि कुमाराज सुवेदीका अंग्रेजी कविताको सँगालो ‘द कलर्स अफ स्प्रिङ’ को गृह विमोचन गरिएको छ । सम्पूर्ण किताबले मंगलबार आयोजना गरेको कार्यक्रममा कृति विमर्शसँगै कवितावाचन गरिएको छ । कार्यक्रममा सुवेदीको कवितासंग्रहका बारेमा मनोजविक्रम बिष्ट, सञ्जय चौधरी, युवराज पौडेल र उदय अधिकारीले टिप्पणी राखेका थिए । कार्यक्रममा कवि सुवेदीले संग्रहबाट ५ वटा […]
राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

काठमाडौँ, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो एकवर्षे कार्यकालमा भएका उपलब्धिबारे जानकारी गराएका छन् । आयोजनाहरू समयमा पूरा नहुँदा नकारात्मक भाष्य मात्र नबनेर आयोजनाहरूको लागत समेत बढेको दाहालको भनाइ थियो । ८० को दशक तीव्र विकासको दशक भन्ने संकल्पसँगै पूर्वाधारमा देशले नयाँ ढङ्गले फड्को मार्नुपर्ने विचार उनले प्रकट […]
अर्थतन्त्र सकारात्मक बाटोमा

सौराहा, १० पुस । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन् । मंगलबार चितवनमा आयोजित ‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरुले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गईरहेको देखाएको उल्लेख गर्दै त्यसलाई उपयोग गर्नुपर्छ भन्ने भाष्यलाई अगाडि बढाउन […]
भीमफेदी कारागारलाई राइस स्टिमर सहयोग

मकवानपुर, १० पुस । मनहरी गाउँपालिकाले भीमफेदी कारागारलाई राइस स्टिमर सहयोग गरेको छ । सोमबार गाउँपालिकाले कारागारमै पुगेर उक्त राइस स्टिमर हस्तान्तरण गरेको हो । पालिकाले ३ लाख रुपैयाँ बराबरको २ वटा मेसिन कारागारका निमित्त प्रमुख मदन लामालाई हस्तान्तरण गरेको हो । गत असोज ५ गते कार्यपालिका बैठकले कारागारमा रहेका कैदी–बन्दीहरुलाई खाना पकाउने स्टिमर खरिद […]
आज उधौली पर्व मनाइँदै

काठमाडौं, १० पुस । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि […]
क्रिष्टल र कृतिकालाई ‘मास्टर एण्ड मिस अङ्कुरम्’ को उपाधि

भरतपुर, १० पुस । भरतपुर-७ स्थित अङ्कुरम् एकेडेमीका कक्षा ८ का छात्र क्रिष्टल अघिकारी र कक्षा ४ की छात्रा कृतिका भट्टराई क्रमश: ‘मास्टर एण्ड मिस अंकुरम्’को उपाधिद्वारा विभूषित भएका छन् । दुई हप्ता अघि शुरु भएको ‘अडिशन राउण्ड’ हुँदै ‘स्टेज राउण्ड’ सम्म आईपुग्दा तीसजना प्रतिस्पर्धीहरु (छात्र : १५ र छात्रा : १५) रहेका थिए । […]