भीमफेदी कारागारलाई राइस स्टिमर सहयोग

मकवानपुर, १० पुस ।
मनहरी गाउँपालिकाले भीमफेदी कारागारलाई राइस स्टिमर सहयोग गरेको छ । सोमबार गाउँपालिकाले कारागारमै पुगेर उक्त राइस स्टिमर हस्तान्तरण गरेको हो । पालिकाले ३ लाख रुपैयाँ बराबरको २ वटा मेसिन कारागारका निमित्त प्रमुख मदन लामालाई हस्तान्तरण गरेको हो ।

गत असोज ५ गते कार्यपालिका बैठकले कारागारमा रहेका कैदी–बन्दीहरुलाई खाना पकाउने स्टिमर खरिद गरि हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

मनहरी गाउँपालिकामा स्थायी/अस्थायी रुपमा बसोबास गर्ने सयौँको संख्यामा कैदी–बन्दीहरु लागुऔषध ओसारपसारका कारण कारागारमा छन् । गरिबीका कारण भरियाका रुपमा प्रयोग भएका ती सर्वसाधारणको दायित्वबोध गरी सहयोग गरिएको अध्यक्ष रन्जन कालाखेतीले बताए ।

हालसम्म हिटरको प्रयोगबाट खाना पकाउने व्यवस्था रहँदै आएको निमित्त कारागार प्रमुख लामाले जानकारी दिए । उनले भने ‘हिटरको प्रयोगले मासिक ४ देखि ५ लाख सम्मको विजुली खपत गर्दथ्यो तर उक्त स्टिमरले खाना पकाउन र विजुली खपतमा पनि सहयोग पुग्नेछ । ’
यसबाट एउटा मेसिनमा ४८ किलो चामल एकैपटक पकाउन मिल्ने भएकाले करिब २०० जनालाई खाना पकाउन सजिलो हुने भएको उनले बताए । २ वटा स्टिमर मेसिनले करिब ४०० जनाको खाना एक पटकमा पाक्ने जनाइएको छ ।

हाल कारागारमा १ हजार ६९ जना कैदी–बन्दीहरु छन् । ७ सय २६ जना कैदी र ३ सय ४३ जना थुनुवा रहेको उक्त कारागारमा अन्य स्थानीय तहले पनि यसैगरी सहयोग गरे सहज हुने कारागारका निमित्त प्रमुख लामाले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट