भरतपुर, १० पुस ।
भरतपुर-७ स्थित अङ्कुरम् एकेडेमीका कक्षा ८ का छात्र क्रिष्टल अघिकारी र कक्षा ४ की छात्रा कृतिका भट्टराई क्रमश: ‘मास्टर एण्ड मिस अंकुरम्’को उपाधिद्वारा विभूषित भएका छन् ।
दुई हप्ता अघि शुरु भएको ‘अडिशन राउण्ड’ हुँदै ‘स्टेज राउण्ड’ सम्म आईपुग्दा तीसजना प्रतिस्पर्धीहरु (छात्र : १५ र छात्रा : १५) रहेका थिए । ‘फाइनल राउण्ड’मा आइपुग्दै गर्दा उक्त प्रतिस्पर्धीहरु तीनवटा चरणहरु पार गर्दै गएका थिए- ‘र्याम्प वाक’, ‘ट्यालेन्ट राउण्ड’ र ‘जज राउण्ड’ ।
बाँकी सबै चौध छात्र प्रतिस्पर्धीहरुलाई पछि पार्दै क्रिष्टल अधिकारी (कक्षा ८) र कृतिका भट्टराई (कक्षा ४) ले क्रमश: ‘मास्टर एण्ड मिस अंकुरम्’ को उपाधि जित्न सफल भएका छन् ।
त्यसैगरी, ‘बेस्ट पर्सनालिटी अवार्ड’ सुभांश के.सी र श्रीदि कर्माचार्यले हात पारेका छन् भने सन शाक्य र आश्रिका बास्तोला क्रमश: ‘प्रमिसिंग पोटेन्सियल अवार्ड’ द्वारा विभूषित भएका छन् । जोएल विक र अनिमा जमरकट्टेलले उत्कृट र्याम्प वाक गरी ‘बेस्ट र्याम्प’ उपाधि जित्न सफल भएका छन् ।
शिक्षकत्रय अर्जुन शर्मा, शुभेच्छा गुरुङ र रुपा भट्टराईको निर्णायक मण्डलले ‘मास्टर एण्ड मिस अंकुरम्’का विजेता र उप-विजेता घोषणा गरेका थिए ।
विजेताहरुलाई गत वर्षका ‘मास्टर एण्ड मिस अङ्कुरम्’ ओजोन मान शाक्य र विभूति अधिकारीले ब्याज तथा ताज पहिर्याइदिएका थिए ।
प्राचार्य सुमन पौडेल, सह – प्राचार्य ओमराज मैनाली, निर्देशक सरला पौडेल र विद्यालय निर्देशक नैम चौधरीले सम्पूर्ण विजेता तथा उप-विजेताहरुलाई ट्रफी, पुष्पगुच्छा आदि प्रदान गरेका थिए ।
शिक्षक समीरचन्द्र कोइरालाले उक्त कार्यक्रम सन्चालन गरेका थिए ।





