काठमाडौँ, १० पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो एकवर्षे कार्यकालमा भएका उपलब्धिबारे जानकारी गराएका छन् । आयोजनाहरू समयमा पूरा नहुँदा नकारात्मक भाष्य मात्र नबनेर आयोजनाहरूको लागत समेत बढेको दाहालको भनाइ थियो । ८० को दशक तीव्र विकासको दशक भन्ने संकल्पसँगै पूर्वाधारमा देशले नयाँ ढङ्गले फड्को मार्नुपर्ने विचार उनले प्रकट गरे ।





