अपाङ्गता भएकालाई घरमै नागरिकता प्रदान

मकवानपुर, ८ पुस ।
मकवानपुरकाे बागमती गाउँपालिकाका १ जना मानसिक तथा शारीरिक अपाङ्गता भएका व्यक्तिले नेपाली नागरिकता प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मानसिक तथा शारीरिक अपाङ्गता भएका बागमती गाउँपालिका ४ का १ जना पुरुषकाे घरमै पुगेर नागरिकता प्रदान गरेकाे हाे । बागमती ४ का १७ वर्षीय मानसिकरूपमा पूर्ण अपाङ्ग भएका एक पुरुषलाई उनको घरमै पुगेर नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरिएकाे मकवानपुका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले बताएका छन् ।

नागरिकता प्रमाणपत्र लिनकाे लागि ती पुरुषलाई जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यालयसम्म ल्याउन नसिकने अवस्था भएकाले उनकाे घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रशासकीय अधिकृत सरोज प्रसाद पौडेलले बताए । शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत पौडेल, नायब सुब्बा मदन श्रेष्ठ सहितको टोली उनको घरमै पुगेर नेपाली नागरिकताकाे प्रमाणपत्र प्रदान गरेका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट