स्वावलम्बन कृषि सहकारीले खरिद गर्यो कृषकको फापर

मकवानपुर, ८ पुस । मकवानपुरकाे मकवानपुरगढी गाउँपालिका बुढिचौरस्थित एकता स्वावलम्बन कृषि सहकारी संस्था लिमिटेडले कृषकहरुबाट उत्पादित मिठे फापर र तिते फापर खरिद गरि संकलन गर्न शुरुवात गरेको छ । गाउँपालिकाले प्रति केजी मूल्य एक सय रुपैयाँ तोकिएकोमा सहकारी संस्थाले १ सय १० मा खरिद गरेको हाे । जसमा अनुदान रकम समेत थप गरि प्रति केजी […]
अपाङ्गता भएकालाई घरमै नागरिकता प्रदान

मकवानपुर, ८ पुस । मकवानपुरकाे बागमती गाउँपालिकाका १ जना मानसिक तथा शारीरिक अपाङ्गता भएका व्यक्तिले नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मानसिक तथा शारीरिक अपाङ्गता भएका बागमती गाउँपालिका ४ का १ जना पुरुषकाे घरमै पुगेर नागरिकता प्रदान गरेकाे हाे । बागमती ४ का १७ वर्षीय मानसिकरूपमा पूर्ण अपाङ्ग भएका एक पुरुषलाई […]
देवचुलीमा मगर संग्रहालय बनाइँदै

देवचुली, ८ पुस । मगर संस्कृति लोप हुन लागेको भन्दै त्यसको संरक्षणका लागि नवलपरासी पूर्वको देवचुलीमा मगर संग्रहालय स्थापनाका लागि भवन निर्माण थालिएको छ । नेपाल मगर संघ देवचुली- १० ले पृथ्वीनगरमा संग्रहालय बनाउन लागेको हो । मौलिक कला संस्कृति नै लोप हुने गरी देखिएको आधुनिकताले मगर पहिचान गुम्न थालेको भन्दै मगर अगुवाले सो संग्रहालय […]
सामुदायिक वनमा शव भेटियो
मकवानपुर, ८ पुस । मकवानपुरको बकैयामा १ जनाको शव फेला परेको छ । बकैया गाउँपालिका वडा नम्बर २ सरस्वती सामुदायिक वनमा सडेगलेको अवस्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान बकैया २ सरस्वती सामुदायिक वनको बतासेडाँडास्थित जंगलको भिरमा ६०/६५ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेको हो । उक्त शवको […]
नेपाली कांग्रेस चितवनद्वारा भूकम्प पीडितलाई आर्थिक सहयोग

भरतपुर, ७ पुस । नेपाली कांग्रेस चितवनले आर्थिक सहयोग गरेको छ । गत कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पीडितहरुको परिवारलाई नेपाली काङ्ग्रेस चितवनले सहयोग गरेको हो । नेपाली कांग्रेस चितवनले भूकम्प पीडितहरुको सहयोगार्थ आफ्ना क्रियाशील सदस्यहरुलाई सहयोग आव्हान गरेको थियो । उक्त अभियानमार्फत सङ्कलित दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । […]
सुनिल क्षेत्री : नृत्यमा नयाँ अवतार

बाल्यकालमा उनी माइकल ज्याक्सन भनेपछि हुरुक्कै हुन्थे । माइकल ज्याक्सनलाई कपी नगरी उनको दिन कट्दैनथ्यो । बलिउड र हलिउड फिल्मका गीतमा अभिनेताले गरेको नृत्यलाई उनले जस्ताको तस्तै नक्कल गर्थे । स्कुल र गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा उनले भाग नलिएको दिन हुँदैनथ्यो । सबैले उनको प्रशंसा गर्दथे । उनी मख्ख पर्दथे । उनी हुन् कोरियोग्राफर तथा […]