देवचुलीमा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

देवचुली, २१ मंसिर ।
देवचुली नगरपालिकामा वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र देवचुली- ५ वडा युवा तथा खेलकुद विकास समितिको सहआयोजनामा मंसिर २८ गतेदेखि ३० गतेसम्म देवचुली ५ को सकलादेवी खेल मैदानमा प्रतियोगिता सुरु गर्न लागिएको हो ।प्रतियोगितामा देवचुली नगरपालिका भित्रका वडाहरुबीच प्रतिष्पर्धा हुने आयोजक समितिका सचिव प्रकाश काफ्लेले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने वडाले नगद २० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता हुने वडाले नगद १२ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । त्यसै प्रतियोगितामा तृतीय हुने वडाले नगद ५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था रहेको नगर युवा तथा खेलकुद विकास समितिले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट