मकवानपुरमा गाँजा फँडानीलाई तीव्रता

मकवानपुर, १६ कात्तिक ।
मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा तथा अफिम फँडानीलाई तीव्रता दिएको छ । प्रहरीले ४ दिनको अवधिमा १ सय ६० बिगाहा जग्गामा लगाएको गाँजा तथा अफिम फँडानी गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए ।

मकवानपुर प्रहरीले कात्तिक १२ गतेदेखि गाँजा तथा अफिम फँडानी सुरु गरेकाे हाे । गाँजा तथा अफिम फँडानी अभियान अन्तरगत पहिलो दिन कात्तिक १२ गते ३ बिगाहा, ८ कठ्ठा, कात्तिक १३ गते ६१ बिगाहा, ३ कठ्ठा र कात्तिक १४ गते ५७ बिगाहा १५ कठ्ठा तथा कात्तिक १५ गते ३७ विगाहा १५ कठ्ठा जमिनमा लगाइएकाे गाँजा फँडानी गरिएको भण्डारीले बताए ।

प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्बर–४ मादल सेन, रतुवा,वडा नम्बर–९को कोल्टे, धुरकोट, कात्तिके, अठारे क्षेत्र वडा नम्बर–३ सरीखेत पलाँसे कैलाश गाउँपालिका वडा नम्बर–३ को कालिकाटार, आँपचौर, भोगटार र वडा नम्बर–४ को तोकुवा, धुस्राङ्, देउतिसमा लागूऔषध गाँजा फडानी गरेको उनले बताए ।

यसैगरी राक्सिराङ–९ रिचोपुङ, सिमलटार लोजा, वाङराङ, खोल्सी, रुन्चेदाङ, चेउराङ राक्सीराङ– १ र २ मा फँडानी गरिएको छ । त्यस्तै कैलाश ८ को वाक्सिराङ ,सतपुर, पाख्रे, र वडा नम्बर ७ को बिलाउने, देरवारी फँडानी गरिएको बताईएको छ ।

भण्डारीका अनुसार जिल्लाको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको विभिन्न वडामा लगाइएको गाँजा र अफिम खेती नष्ट गर्नको लागि गत आइतबार १ सय ३७ जना प्रहरी टोली परिचालन गरेको थियो ।

पहिलाे चरणमा परिचालन गरिएकाे प्रहरी टोली बुधबार बेलुका फर्किएको र केही समयपछि अर्को टोली परिचालन गरी गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यलाई तीव्रता दिइने उनको भनाई छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट