गुरुकुलका विद्यार्थीसँग सिए पौडेलको अभिमुखीकरण

भरतपुर, १६ कात्तिक । भरतपुर महानगरपालिका-९ स्थित गुरुकुल माविमा व्यवस्थापन संकायमा कक्षा- १२ मा अध्ययन गर्ने विद्यार्थीसँग अन्तरक्रिया गरिएको छ । जीवनमा कसरी अगाडि बढ्ने ? विषयमा केन्द्रित रही अन्तर्क्रियात्मक कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा चार्टर एकाउन्टेन्ट संघ बागमती प्रदेशका प्रमुख सिए निशान पौडेलले श्रव्यदृश्य सामग्रीसहितको कक्षा संचालन गरेका थिए । पौडेलले जीवनमा सफलता […]
नेपाली कांग्रेस बागमतीको संसदीय दलको सचेतकमा लम्साल

मकवानपुर, १६ कात्तिक । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा गोविन्द लम्साल नियुक्त भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले लम्साललाई संसदीय दलको सचेतकमा नियुक्ति गरेका हुन । नेता लामाले लम्साललाई काँग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११(१) बमोजिम संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । गत […]
मकवानपुरमा खेलकुद तथा व्यापार महोत्सव हुँदै

मकवानपुर, १६ कात्तिक । मकवानपुरमा खेलकुद तथा व्यापार महोत्सव हुने भएको छ । जिल्लामा आगामी पुसको पहिलो साता महोत्सव हुने भएको हो । जिल्ला खेलकुद विकास समिति मकवानपुर र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा हेटौंडामा वृहत् खेलकुद तथा व्यापार महोत्सव हुने भएको बताइएको छ । बिहीबार पत्रकार भेटघाट गरी महोत्सव सम्बन्धमा खेलकुद विकास […]
विद्यार्थीको पहिलो रोजाई बन्दै आरम्भ कलेज

भरतपुर, १६ कात्तिक । देशको मध्यभागमा रहेको चितवनको केन्द्रभाग भरतपुरमा भदौको पहिलो साताबाट आरम्भ कलेजले आफ्नो सेवा आरम्भ गरेको छ । मंसिरको पहिलो साताबाट पढाई सुरु हुन गइरहेको आरम्भ कलेजमा विद्यार्थीको आकर्षण बढेको पाइएको छ । सूचना प्रविधि र व्यवस्थापन पढ्न चाहने विद्यार्थीहरुको पहिलो रोजाई बन्दैछ आरम्भ कलेज । भरतपुर महानगरपालिका वडा नम्बर ११, नहरचोक […]
रिगलको कैद मिनाहा बदर गर्न सर्वोच्चकाे आदेश

काठमाडौँ, १६ कात्तिक । जन्मकैदको सजाय पाएका रिगल भनिने योगप्रसाद ढकालको कैद मिनाहा दिने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई गरेको कैद मिनाहालाई तत्काल बदर गर्न सर्वोच्चको पूर्ण इजलासले परमादेश गरेको हाे । साथै इजलासले रिगललाई पुन: पक्राउ गरी कारागार चलान गर्न पनि परमादेश दिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, […]
मकवानपुरमा गाँजा फँडानीलाई तीव्रता
मकवानपुर, १६ कात्तिक । मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा तथा अफिम फँडानीलाई तीव्रता दिएको छ । प्रहरीले ४ दिनको अवधिमा १ सय ६० बिगाहा जग्गामा लगाएको गाँजा तथा अफिम फँडानी गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए । मकवानपुर प्रहरीले कात्तिक १२ गतेदेखि गाँजा तथा अफिम फँडानी सुरु गरेकाे हाे । गाँजा […]
‘मोम्चो’ भित्र चेपाङ समुदायको सामाजिक र सांस्कृतिक पक्षको सुन्दर चित्रण

‘मोम्चो’ शब्द मेरो लागि नयाँ शब्द हो । पत्रकार वसन्त पराजुलीको मोम्चो कथासङ्ग्रहको शीर्ष शब्दले नै मेरो ध्यान आकृष्ट ग¥यो । त्यसैले मोम्चोलाई पढ्ने जमर्को गरें । पुस्तक हात पर्ने बित्तिकै शब्दको अर्थ पहिल्याउन मोम्चो कथाभित्र छिरें । अनि बल्ल थाहा भयो, मोम्चो भनेको महिला रहेछ । चेपाङ भाषाको मौलिक शब्दलाई शीर्षक राखिएको रहेछ । […]
एउटा इञ्जिनियरको आँखामा सोभियत संघको पुरानो दृश्य

लेखक राम बिन्दु श्रेष्ठको ‘मेरा सोभियत सम्झनाहरु’ नामक पुस्तकमा रुसी कम्युनिस्ट शासकको इतिहास, कम्युनिस्ट सरकारले गरेका सकारात्मक कामहरूका बारेमा वर्णन गरिएको पाइन्छ । त्यस्तै लेनिन, स्टालिन र ख्रुश्चेभजस्ता शासकहरूको कार्यशैलीहरूको पनि चर्चा गरिएको छ । यस्ता प्रसंगहरूले कम्युनिस्ट पार्टीमा कुनै व्यक्ति शक्तिशाली शासक हुँदा देशमा के कस्तो प्रभाव पार्छ भन्ने कुरालाई राम्रोसँग देखाएको छ । […]
चितवन काँग्रेसले कात्तिक २० गते चियापान गर्ने

भरतपुर, १६ कात्तिक । नेपाली काँग्रेस चितवनले कात्तिक २० गते सोमबारका दिन चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार प्रत्येक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यो वर्ष पनि दसैँ, तिहार, नेपाल संवत्, छठलगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदानसहित आयोजना गर्न लागिएको हो । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख […]
बघौडा अस्पताललाई विषेशज्ञ अस्पताल बनाउने मन्त्री जोशीको प्रतिवद्धता

माडी, १६ कात्तिक । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले माडीको बघौडा अस्पताललाई विशेषज्ञ अस्पताल बनाउन आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । माडीको बसन्तपुरस्थित बघौडा अस्पतालमा अन्तरङ्ग विभागको नयाँ भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री जोशीले यस्तो बताउनुभएको हो । माडीका जनप्रतिनिधि र राजनैतिक दलहरुले प्रादेशिक अस्पताल बनाउन जोडबल गरिरेको स्मरण गर्दै कुनै एक […]