चितवन काँग्रेसले कात्तिक २० गते चियापान गर्ने

भरतपुर, १६ कात्तिक ।
नेपाली काँग्रेस चितवनले कात्तिक २० गते सोमबारका दिन चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार प्रत्येक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यो वर्ष पनि दसैँ, तिहार, नेपाल संवत्, छठलगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदानसहित आयोजना गर्न लागिएको हो ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रम, भरतपुर -२ स्थित दियालो फूडल्यान्डमा मध्याह्न १२ बजेदेखि ३ बजेसम्म हुने खनालले जानकारी दिए ।

२०३३ साल पुस १६ गते नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरलाले मुलुकको राष्ट्रियता र जनताको बीचमा सुनौलो सम्बन्ध कायम गर्नेगरी विभिन्न पर्वहरुलाई जोड्दै नेपाली काँग्रेसको केन्द्र तहदेखि वडा तहसम्मै चियापान तथा शुभकामना आदानप्रदान गर्दै आइरहेको छ ।

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, पालिकाका प्रमुखहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवम् व्यवसायी, पेशागत एवम् बुद्धिजीवि, नागरिक समाजका अगुवा एवं मानव अधिकारकर्मीलाई आमन्त्रण गरिएको सभापति खनालले बताए ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले गत कात्तिक ११ गते कोजाग्रत पूर्णिमाको दिनमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिसकेको छ भने चितवन जिल्ला कार्यसमितिले कात्तिक २० गते शुभकामना तथा चियापान कार्यक्रम गर्ने भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट