भरतपुर, १५ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश समितिको नियमित बैठक कात्तिक १७-१८ गते चितवनमा हुने भएको छ । सोही आवसर पारेर भरतपुरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको छ ।
चितवनमा अहिले देखिएको रगतको अभावलाई न्यूनीकरण गर्नको लागि भरतपुर महानगरपालिका वडा नम्बर १० कार्यसमिति र भरतपुर र्यापिड एक्सन टिमले खुल्ला रक्तदान कार्यक्रम राखेको हो ।
कार्तिक १७ गते शुक्रबार प्रदेश कमिटिको कार्य सम्पादन समितिको बैठक बसेर रक्तदानको कार्यक्रम कात्तिक १८ गते शनिबार बिहान ७ देखि १० बजेसम्म
चौबिसकोठीमा हुने राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन जिल्ला सभापति कृष्णप्रसाद भुसालले जानकारी दिए ।
त्यसैगरी बैठकपछि जिल्लामा सामुहिकरूपमा थालिएको फूलखेती अभियान अवलोकन तथा फूलखेती गर्ने कृषकलाई सम्मानको कार्यक्रम पनि रहेको छ ।
बागमती प्रदेश सभापति डा. अच्युतम् लामिछने, महामन्त्री जिता बराललगायतका नेताहरु उपस्थित हुने कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले केन्द्रदेखि वडा प्रतिनिधिहरुसँग अन्तर्क्रिया पनि सोही दिन राखेको छ । सोही दिन पूर्णकार्यसमितिको पनि बैठक रहेको छ । कार्यक्रम समापनपछि पत्रकारसँग परिचयात्मक चियापान गरिने तय गरिएको जिल्ला सभापति भुसालले बताए ।




