रास्वपा बागमती प्रदेशको पूर्णकार्यसमिति बैठक चितवनमा हुने

भरतपुर, १५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश समितिको नियमित बैठक कात्तिक १७-१८ गते चितवनमा हुने भएको छ । सोही आवसर पारेर भरतपुरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको छ । चितवनमा अहिले देखिएको रगतको अभावलाई न्यूनीकरण गर्नको लागि भरतपुर महानगरपालिका वडा नम्बर १० कार्यसमिति र भरतपुर र्‍यापिड एक्सन टिमले खुल्ला रक्तदान कार्यक्रम राखेको हो […]

भरतपुर भ्रमण वर्षमा तीन लाख पर्यटक भित्र्याउने तयारी

भरतपुर, १५ कात्तिक । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पत्रकारहरुसँग छलफल गरेको छ । महानगर कार्यालयमा बुधबार आयोजित छलफलमा महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको तयारी अघि बढेको जानकारी दिइन् । भ्रमण वर्ष मनाउने सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा महानगरका प्रमुख दाहालले एक वर्षमा कम्तीमा तीन लाख पर्यटक महानगरका पर्यटकीय क्षेत्रमा घुम्न आउने […]

भेँडाबारीमा सञ्चालनमा आयो आँखा उपचार केन्द्र

गैँडाकोट, १५ कात्तिक । गैँडाकोट नगरपालिका- ११ भेँडाबारीस्थित गैँडाकोट नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । केन्द्रको गैँडाकोट नगर अस्पतालका अध्यक्ष एवं गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी र नेपाल नेत्रज्योति संघ (भरतपुर आँखा अस्पताल) सञ्चालक समितिका अध्यक्ष जयराम श्रेष्ठले बुधबार उद्घाटन गरेका हुन् । नेपाल नेत्रज्योति संघ, हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन […]

बारा घटनामा संलग्न पाँच जना पक्राउ

कलैया, १५ कात्तिक । कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बाल एकता ईङ्गलिस बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक सोही ठाउँ बस्ने ३५ वर्षीय गुड्डु भन्ने रूपेश स्वर्णकारको गोली प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा मुख्य योजनाकार सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-६ मदर्शा टोल बस्ने २२ वर्षीया राधा गुप्ता, ३४ […]

लम्सालको `धरतीका यमराज´ माथि अन्तर्क्रिया

भरतपुर, १५ कात्तिक । सम्पूर्ण किताब नारायणगढको आयोजनामा कथाकार सृजन लम्सालको कथासङ्ग्रह `धरतीका यमराज´माथि अन्तर्क्रिया गरिएको छ । मंगलबार सम्पूर्ण किताब नारायणगढको परिसरमा गरिएको कार्यक्रममा उदय अधिकारी र इन्द्रराज पौडेलले सहभागीलाई स्वागत गर्दै स्रस्टाका बारेमा बोलेका थिए । त्यसैगरी डाक्टर एकनारायण पौडेल, रमेश प्रभात र एलबी क्षेत्रीले कृतिको समीक्षात्मक टिप्पणी राखेका थिए । सङ्ग्रहमा रहेका […]

होटल व्यवसायी संघ चितवनले संकलन गर्‍यो ५२ पिन्ट रगत

भरतपुर, १५ कात्तिक । होटल व्यवसायी संघ चितवनले आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ पोका (पिन्ट) रगत संकलन भएको छ । संघले स्थापना दिवसको अवसर पारेर बुधबार बिहान नारायणगढस्थित पुल्चोकमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । बिहान ८ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले होटल व्यवसायी संघ […]

मकवानपुरमा गैरआवासीयलाई दिइयो पहिलोपटक नागरिकता

मकवानपुर, १५ कात्तिक । मकवानपुर जिल्लामा गैरआवासीय नेपाली (एनआरएनए) लाई पहिलोपटक नागरिकता दिइएको छ । बुधबार गैरआवासीय नेपाली हेटौंडाका संजिता विडारी र श्रीकृष्ण थापालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले नेपाली नागरिक प्रदान गरेको हो । हेटौंडा- ११ नवलपुरकी बिडारी र हेटौंडा- ५ का थापा श्रीमान श्रीमती हुन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले उनीहरुलाई गैरआवासीय […]

राक्सिराङका एमबीबीएस विद्यार्थीलाई पालिकाको सहयोग

मकवानपुर, १५ कात्तिक । मकवानपुरको राक्सिराङ गाउँपालिकाले चिकित्सा विज्ञानतर्फ एमबिबिएस अध्ययन गर्न विद्यार्थीलाई अनुदान सहयोग प्रदान गर्ने भएको छ । राक्सिराङ गाउँपालिकाले सूचना जारी गर्दै एमबिबिएस अध्ययन सहयोग अनुदान लिन चाहने विद्यार्थीलाई आवेदन पेस गर्न आह्वान गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा कार्यक्रममा एमबिबिएस अध्ययन सहयोग अनुदान कार्यक्रम स्वीकृत गरेकाे […]

प्लास्टिकका सामान विस्थापित गर्न टपरी उद्योग

गोरखा, १५ कात्तिक । ग्रामीण क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न महिलाले व्यावसायिक टपरी उद्योग सञ्चालनमा ल्याएका छन् । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित खाब्दीभन्ज्याङमा महिलाले टपरी उद्योग सञ्चालनमा ल्याएका हुन् । बुङ्कोट सामुदायिक सेवा केन्द्रले लगनशील आयआर्जन महिला समूहमा आबद्ध महिलाको सहभागितामा उद्योग सञ्चालनमा ल्याएर सालको पातबाट टपरी, बोतालगायत उत्पादन गर्न सुरु गरेको केन्द्रकी […]

चितवनमा पहिलोपटक आमाको नामबाट नागरिकता

भरतपुर, १५ कात्तिक । जिल्लामा पहिलोपटक बाबु नभएको स्वघोषणा गरेर नागरिकता दिइएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय विशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता दिएको हो । मायादेवी उपाध्यायको छोरा विशाल उपाध्यायले बुबा रमाकान्त रखाल हालसम्म पहिचान हुन नसकेको भन्दै स्वघोषणा गरेसँगै उनलाई आमाको नामबाट नागरिकता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी […]

कात्तिक १७ र १८ गते गैंडाकोटका बालबालिकालाई भिटामिन `ए´ खुवाइँदै

गैँडाकोट, १५ कात्तिक । गैँडाकोटका ५ हजार ७८ जना बालबालिकालाई यहि कात्तिक १७ र १८ गते ‘भिटामिन ए’ खुवाईँदैछ । सोही दिन ४ हजार ५ सय १९ बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य रहेको गैँडाकोट नगरपालिका, स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलले जानकारी दिए । हरेक वर्ष कात्तिक २ र ३ गते ‘भिटामिन ए र जुकाको औषधी’ […]

मंसिर ६ गतेदेखि १६ गतेसम्म सचेतना महोत्सव हुँदै

भरतपुर, १५ कात्तिक । नारायणी नदी किनारमा चितवन रिकभरी जनचेतना, संस्कृति, पर्यटन, कृषि तथा व्यापार महोत्सव हुने भएको छ । लागूऔषध तथा मद्यपान प्रयोगकर्ताहरुको उपचार तथा पुनस्थापनाका लागि स्थापित संस्था रिकभरिङ युनाइटेड प्रालिले यही मंसिर ६ गतेदेखि १६ गतेसम्म नागरिकलाई सचेतना दिन महोत्सव गर्न लागेको हो । मंगलबार भरतपुरमा भएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक महेश […]

भेँडाबारीमा आजदेखि आँखा उपचार केन्द्र सञ्चालनमा

गैँडाकोट, १५ कात्तिक । गैँडाकोट–११ भेडाबारीस्थित गैँडाकोट नगर अस्पतालमा स्थापित आँखा उपचार केन्द्र आज बुधबारदेखि सेवा शुभारम्भ हुने भएको छ । केन्द्रका लागि आँखा जाँच गर्ने उपकरणलगायत भवन व्यवस्थापन भएपछि आज केन्द्रको उद्घाटन गर्न लागिएको गैँडाकोट नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले जानकारी दिए । केन्द्रको गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले उद्घाटन गर्ने कार्यक्रम […]