लम्सालको `धरतीका यमराज´ माथि अन्तर्क्रिया

भरतपुर, १५ कात्तिक ।
सम्पूर्ण किताब नारायणगढको आयोजनामा कथाकार सृजन लम्सालको कथासङ्ग्रह `धरतीका यमराज´माथि अन्तर्क्रिया गरिएको छ ।

मंगलबार सम्पूर्ण किताब नारायणगढको परिसरमा गरिएको कार्यक्रममा उदय अधिकारी र इन्द्रराज पौडेलले सहभागीलाई स्वागत गर्दै स्रस्टाका बारेमा बोलेका थिए । त्यसैगरी डाक्टर एकनारायण पौडेल, रमेश प्रभात र एलबी क्षेत्रीले कृतिको समीक्षात्मक टिप्पणी राखेका थिए । सङ्ग्रहमा रहेका अधिकांश कथा कोरोना महामारीका सन्दर्भमा लेखिएका र बाँकी कथाहरूले समसामयिक राजनीति र सामाजिक परिवेशलाई सम्बोधन गरेका वक्ताहरूले बताए ।

गैंडाकोट निवासी लम्सालको धरतीका यमराज एघारौं कृति हो । स्वदेश प्रकाशनबाट प्रकाशित पुस्तकको मूल्य ३०० रुपैयाँ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट