परिवारको माया र सहयोग क्यान्सर प्रभावितका लागि महत्वपूर्ण

भरतपुर, १४ कात्तिक ।
प्राणघातक रोगको रुपमा चिनिएको क्यान्सर रोगसँग लड्नका लागि बिरामीहरुको आत्मबलसँगै परिवारका सदस्यको माया र सहयोग महत्वपूर्ण हुने प्रभावितहरुले बताएका छन् ।

स्तनक्यान्सर विजेताहरुको मंगलवार भरतपुरमा सम्पन्न भेलामा सहभागी प्रभावितहरुले यस्तो बताएका हुन् । विश्व स्तनक्यान्सर जनचेतना महिना अक्टोवरको अवसरमा स्तनक्यान्सर योद्धाहरुको अनुभव साटासाट कार्यक्रम आयोजना गरिएको हो ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग चितवन, परिचय संस्था र गोपाल पाठक प्रतिष्ठान चितवनले संयुक्तरुपमा स्तन क्यान्सर योद्धाहरुको अनुभव साटासाट कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा २० जना स्तन क्यान्सर विजेताहरु र उनीहरुको परिवारका सदस्यको सहभागीता रहेको थियो । परिचय संस्थाका अध्यक्ष बन्दना खाँडको अध्यक्षतामा सम्पन्न कार्यक्रम वीपी कोइराला क्यान्सर अस्पतालका उपकार्यकारी निर्देशक डाक्टर उमेश नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।

डाक्टर नेपालले कार्यक्रममा उपस्थित प्रभावितहरुको स्वास्थ्य अवस्था र जिज्ञासाको विषयमा जवाफ दिँदै निरन्तर स्वास्थ्य परिक्षण र खानापानमा विशेष चासो दिन प्रभावितहरुलाई सुझाव दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट