परिवारको माया र सहयोग क्यान्सर प्रभावितका लागि महत्वपूर्ण

भरतपुर, १४ कात्तिक । प्राणघातक रोगको रुपमा चिनिएको क्यान्सर रोगसँग लड्नका लागि बिरामीहरुको आत्मबलसँगै परिवारका सदस्यको माया र सहयोग महत्वपूर्ण हुने प्रभावितहरुले बताएका छन् । स्तनक्यान्सर विजेताहरुको मंगलवार भरतपुरमा सम्पन्न भेलामा सहभागी प्रभावितहरुले यस्तो बताएका हुन् । विश्व स्तनक्यान्सर जनचेतना महिना अक्टोवरको अवसरमा स्तनक्यान्सर योद्धाहरुको अनुभव साटासाट कार्यक्रम आयोजना गरिएको हो । विपी कोइराला मेमोरियल […]

मकवानपुरमा ट्रक दुर्घटना हुँदा २ जना घाइते

मकवानपुर, १४ कात्तिक । मकवानपुरकाे बकैया गाउँपालिकामा मिनीट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् । हेटौडा–धरान–चतरा सडकखण्ड अन्तरगत बकैया गाउँपालिका वडा नम्वर ५ तिनतलेमा मंगलबार दिउँसो मिनीट्रक दुर्घटना हुँदा ट्रकमा सवार युवराज सापकाेटा र सहचालक दिनेश लामा घाइते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको बा.प्र.०३–००१ क ०७९२ नम्वरको पानी लोड […]

हेटौंडा लेडी जेसीज सप्ताहमा विविध कार्यक्रम हुँदै

मकवानपुर, १४ कात्तिक । हेटौंडा लेडी जेसीजको जेसीज सप्ताह असोज १५ गते बुधबारबाट सुरु हुने भएको छ । हेटौंडा लेडी जेसीजले कात्तिक १५ गतेबाट १८ गतेसम्म विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह २०२३ मनाउने भएकाे हाे । जेसीज सप्ताह अन्तर्गत असोज १५ गते बुधबार हेटौंडा- १ ब्लड बै‌ंक भवनमा रक्तदान कार्यक्रम गर्दैछ भने हेटौंडा-४ स्थित हेटौंडा […]

मकवानपुरमा पटाका बरामद

मकवानपुर, १४ कात्तिक । मकवानपुर प्रहरीले अवैध पटाका बरामद गरेको छ । प्रहरीले मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ पिपल चौतारा नजिकैबाट ५ प्याकेट (२५० पिस ) पटाका बरामद गरेको हो । उक्त पटका पूर्वपश्चिम महेन्द्र राजमार्ग सडकखण्डमा खटिएको चेकिङ टोलीले बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । विरगञ्जबाट हेटौंडातर्फ आउँदै […]

काँग्रेसको पुनर्निर्माण बिना देश अगाडि बढ्न सक्दैन : आचार्य

भरतपुर, १४ कात्तिक । नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले नेपाली काँग्रेसको पुनर्निर्माण बिना देश अगाडि बढ्न नसक्ने बताएका छन् । लोकतन्त्रको पक्षमा उभिएको काँग्रेस आफै सुधारात्मक शैलीमा अगाडि नबढे अरु पार्टीहरुमा सुधार नआउने भन्दै उनले काँग्रेसभित्र पुनर्निर्माण आवश्यक रहेको औंल्याएका हुन् । देशको बागडोर सम्हालेको माओबादीमा सुधार हुनुपर्ने कुरालाई जोड दिँदै आचार्यले भने […]

कवि चापागाईंको `कमिलाको प्वाँख´ कात्तिक २५ गते आउँदै

भरतपुर, १४ कात्तिक । प्रगतिशील एवम् बामपंथी विचारधाराका छन्दकवि प्रकाश चापागाईंको नयाँ कवितासङ्ग्रह `कमिलाको प्वाँख´ आउने भएको छ । पेज टर्नर प्रालिबाट प्रकाशित उक्त पुस्तक कात्तिक २५ गते भरतपुरमा कार्यक्रम आयोजना गरी सार्वजनिक गर्न लागिएको कवि चापागाईंले बताए । कमिलाको प्वाँख चापागाईंको छैटौं पुस्तक हो । २०४० सालदेखि कविता लेखनमा सक्रिय चापागाईंका यसअघि`बदला´ एकाङ्की नाटक […]

सांसद् लामाले सुरू गरे शौचालय निर्माण अभियान

भरतपुर, १४ कात्तिक । भरतपुर महानगरपालिका–२७ स्थित सिसौघारी टोलका मुसहर र विपन्न परिवारको घरमा प्रदेश सांसद् ज्ञानजङ्ग लामाले १२ वटा शौचालय निर्माण अभियान सुरू गरेका छन् । मुसहर समुदायको जीवनस्तरमा परिर्वतन ल्याउन अभियानका साथ उनले बेथरी खोलानजिक रहेको शौचालयविहीन मुसहर र विपन्नका घरमा शैचालय निर्माण अभियान सुरू गरेका हुन् । सिसौघारी टोल चेतना र पूर्वाधारको […]

गैंडाकोटमा असल संस्कार कक्षा सञ्चालन

नवलपरासी, १४ कात्तिक । गैँडाकोटमा बालबालिकामा असल संस्कार र नैतिक ज्ञान सिकाउनका लागि असल संस्कार कक्षा सञ्चालन गरिएको छ । पछिल्लो समयमा समाजमा विकृति र विसङ्गति बढ्दै गएको जनाउँदै बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले गैँडाकोट नगरपालिका–१ मा रहेको श्रीवैष्णव परिषद्को भवनमा कक्षा सञ्चालन गरिएको हो । असल संस्कार कक्षामा दैनिक जीवनमा आवश्यक हुने नैतिक ज्ञान […]