सांसद् लामाले सुरू गरे शौचालय निर्माण अभियान

भरतपुर, १४ कात्तिक ।
भरतपुर महानगरपालिका–२७ स्थित सिसौघारी टोलका मुसहर र विपन्न परिवारको घरमा प्रदेश सांसद् ज्ञानजङ्ग लामाले १२ वटा शौचालय निर्माण अभियान सुरू गरेका छन् ।
मुसहर समुदायको जीवनस्तरमा परिर्वतन ल्याउन अभियानका साथ उनले बेथरी खोलानजिक रहेको शौचालयविहीन मुसहर र विपन्नका घरमा शैचालय निर्माण अभियान सुरू गरेका हुन् ।

सिसौघारी टोल चेतना र पूर्वाधारको हिसाबले पछाडि छ । टोलमा १० घर बढी मुसहर, दलित, तामाङ, थारुसहित विपन्न समुदायका ८४ घरपरिवार छन् । शौचालय नभएपछि महिला र पुरुषलाई शौच गर्नसमेत समस्या छ । यहाँ कुवाको भरमा स्थानीयवासी पानी पिउँदै आएका छन् ।

शौचालय नहुँदा सरसफाइमा समेत समस्या हुने गरेको स्थानीय लक्ष्मी मुसहरको भनाइ छ । यसरी जथाभावी शौच गर्दा रोग फैलन सक्ने भएकाले आफूले पहिलो चरणमा शैचालय निर्माण सुरू गरेको सांसद् लामाले जानकारी दिए ।
सांसद् लामाले सिसौघारी मुसहरसहित अन्य जनताको समस्या बुझेर पहिलो चरणमा चारवटा खानेपानीको धारा जडान गर्ने र १२ वटा पक्की शैचालय निर्माण गर्ने सुरू गरेको घोषण गर्दै एक लाख रुपैयाँ नगदसमेत टोलका अध्यक्ष श्याम विकलाई हस्तान्तरण गरेका थिए ।

‘म घुम्दै यहाँ आएको थिएँ, जाडोको समय आउँछ, बेथरी खोला डिल त्यसै सुतिरहेको दृश्यले मन छोयो’, उनले अगाडि भने, ‘यो जमानामा पनि भरतपुरमा कुवाको भरमा पानी, घरमा ओड्ने ओछ्याउने कपडा छैन । म त यहाँले भोट पनि माग्न आएको थिइन्ँ तर म चाहिँ मस्तसँग सुत्ने अनि जनता पीडामा हुनुहुँदैन भने एउटा अभियानसहित म यहाँ आएको हुँ’, मुसहर आमासँग कुरा गर्दै उनले भनेका थिए ।

‘पहिला स्वास्थ्य ठूलो हो’, उनले भने, ‘खानेपानी, शौचालय र न्यानो कपडा दिएपछि एकीकृत बस्ती निर्माणमा स्थानीय र प्रदेशसहित समाजसँग सहकार्य गरेर अगाडि बढ्ने छु ।’ उनले आफू संरक्षक रहेको र्‍याफेक नेपालको सहकार्यमा छिट्टै यहाँ एकीकृत नमुना बस्ती निर्माण गर्नेसमेत जानकारी गराए ।
टोलको अवस्था बारेमा सांसद् लामासहित अध्यक्ष मनोज पुडासैनी, दिलीप पाण्डे, प्रशान्त शर्मा समेतले स्थलगत अवलोकन निरीक्षणसमेत गरेका थिए ।

बस्ती निर्माणमा र्‍याफेक अन्तर्राष्ट्रिय निर्देशक विवेक सुवेदीको विशेष सहकार्य रहनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट