मकवानपुर, १३ कात्तिक ।
मकवानपुरका छुट्टाछुट्टै स्थानमा २ जना मृत अवस्थामा फेला परेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ भालुनटार बस्ने ३३ वर्षीय सोमबहादुर घलान तथा हेटौंडा ९ लामसुरे बस्ने १६ वर्षीया सुरक्षा चौधरी मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
घलान सोमबार बिहान बारीमा रहेको आँपको रुखमा सलको पासो लागाई झुण्डिएको अवस्थामा मृत फेला परेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
यस्तै चौधरी असोज १२ गते दिउँसो आफ्नै घरको सुत्ने कोठाको फलामको पाईपमा सलको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको भण्डारीले बताए ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।





