मकवानपुरमा २ जना मृत फेला

मकवानपुर, १३ कात्तिक । मकवानपुरका छुट्टाछुट्टै स्थानमा २ जना मृत अवस्थामा फेला परेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ भालुनटार बस्ने ३३ वर्षीय सोमबहादुर घलान तथा हेटौंडा ९ लामसुरे बस्ने १६ वर्षीया सुरक्षा चौधरी मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । घलान सोमबार बिहान बारीमा रहेको आँपको रुखमा सलको पासो लागाई झुण्डिएको […]

लागूऔषधसहित हेटौंडाबाट १ जना पक्राउ

मकवानपुर, १३ कात्तिक । मकवानपुर प्रहरीले हेटौंडाबाट लागूऔषधसहित १ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्‍याङबाट लागूऔषध गाँजा ३ किलोसहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्वर १ बस्ने १९ वर्षीय सबिन स्याङबो रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए […]

इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको संख्या आठ हजार बढी

गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या आठ हजार ३०६ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । मृत्यु हुनेमा तीन हजार ४५७ बालबालिका र दुई हजार १३६ महिला रहेको मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इजरायली हवाई आक्रमणमा परी २१ हजार ४८ प्यालेस्टिनी घाइते भएको बताइएको छ । […]

छायाँदेवी चेतनाथ गजल पुरस्कार `मफलर´ र `बोई´लाई

भरतपुर, १२ कात्तिक । गजलकारद्वय: प्रदीप रोदन र वसन्त ओली ‘वसन्ती’ले छायाँदेवी चेतनाथ गजल पुरस्कार प्राप्त गर्ने भएका छन् । लामो समयदेखि नेपाली गजल क्षेत्रमा क्रियाशील एवम् युवा पुस्तामा रुचाइएका यी दुई गजलकारले आफ्नो पुस्तक ‘मफलर’ र ‘बोई’ मार्फत् उक्त पुरस्कार प्राप्त गर्ने भएका हुन् । वसन्तीको ‘बोई’ले छायाँदेवी चेतनाथ गजल पुरस्कार- २०७८ र रोदनको […]

मकवानपुरमा दसैँ अवधिमा १४ सवारीसाधन दुर्घटना

मकवानपुर, १२ कात्तिक । मकवानपुरमा यस वर्षको दशैं अवधिमा १४ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । दसैँको १ हप्ताको अवधिमा जिल्लाका विभिन्न १२ स्थानमा १४ वटा सवारीसाधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा ७० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए । […]

हेटौंडामा पटाका र कपडा बरामद

मकवानपुर, १३ कात्तिक । मकवानपुर प्रहरीले हेटौंडाकाे राताेमाटेबाट पटाका र कपडा बरामद गरेको छ । हेटाैंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ ख ३८९८ नम्बरको ट्याङ्कर र ना ४ ख ६०३१ नम्बरको बसलाई जाँच गर्दा पटाका र कपडा बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटाैंडाले जनाएकाे छ […]