लागूऔषधसहित हेटौंडाबाट १ जना पक्राउ

मकवानपुर, १३ कात्तिक ।
मकवानपुर प्रहरीले हेटौंडाबाट लागूऔषधसहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्‍याङबाट लागूऔषध गाँजा ३ किलोसहित एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्वर १ बस्ने १९ वर्षीय सबिन स्याङबो रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार सोमबार बिहान चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ७७८१ नम्वरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार स्याङबोको साथबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई नियन्त्रणमा लिएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट