मकवानपुर, १३ कात्तिक ।
मकवानपुर प्रहरीले हेटौंडाकाे राताेमाटेबाट पटाका र कपडा बरामद गरेको छ । हेटाैंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ ख ३८९८ नम्बरको ट्याङ्कर र ना ४ ख ६०३१ नम्बरको बसलाई जाँच गर्दा पटाका र कपडा बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटाैंडाले जनाएकाे छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार कात्तिक १२ गते बेलुका प्रहरी चाैकी राताेमाटेकाे टाेलीले ना ४ ख ३८९८ नम्बरको ट्याङ्करबाट विभिन्न किसिमका–१६ प्याकेट पटाका (१५५ पिस) बरामद गरिएकाे हाे । यसैगरी ना ४ ख ६०३१ को बसबाट उनीको कुर्ता २६ पिस, कटनको कुर्ता सुरुवाल–२ पिस, साडी १५ पिस फेला पारी बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार बरामद गरिएकाे कपडा ६९ हजार रुपैयाँ बराबरकाे रहेकाे छ ।





