पद्मश्री साहित्य पुरस्कार ‘मनु’लाई प्रदान

काठमाडौं, ११ कात्तिक ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ‘मनु’ उपन्यासका लागि देवीप्रसाद सुवेदीलाई २०७९ सालको पद्मश्री साहित्य पुरस्कार प्रदान गरेको छ ।

पुरस्कारका लागि प्राप्त पुस्तकमध्ये उत्कृष्ट १५ पुस्तकको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । त्यसपछि अन्तिम सूचीमा पाँच पुस्तक छानिएका थिए । त्यसमध्ये ‘मनु’लाई पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै, प्रतिष्ठानले काठमाडौं विश्वविद्यालयका संस्थापक सुरेश राज शर्मालाई पद्मश्री गौरव र कार्टुनिस्ट दुर्गा बराल ‘वात्सायन’लाई पद्मश्री साधना प्रदान गरेको छ ।

प्रतिष्ठानले हरेक वर्ष देश र समाजको लागि उल्लेखनीय काम गरेको व्यक्तिलाई पद्मश्री गौरव र कलाको क्षेत्रमा लामो समयदेखि उल्लेखनीय काम गरेको व्यक्तिलाई पद्मश्री साधना पुरस्कार प्रदान गर्दै आएको छ । तीनै पुरस्कारको राशी तीन-तीन लाख रुपैयाँ रहेको छ ।

शनिबार काठमाडौंमा आयोजित पुरस्कार वितरण समारोहमा बोल्दै प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले समाज र राष्ट्र विकासका लागि साहित्यको विकास हुनुपर्ने बताए । प्रविधिको विकाससँगै पठन तथा चिन्तन संस्कृति जोगाउने चुना‌ती रहेको वेला यस्ता पुरस्कारले केही योगदान गर्ने लामिछानेको भनाइ थियो ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष पुरस्कार, गौरव र सम्मान प्रदान गर्छ । वि.सं २०६३ देखि वर्षभरि प्रकाशित पुस्तकमध्ये विशिष्ट कृतिलाई र २०६७ सालदेखि साहित्य, कलामा दीर्घ साधना गरेका साधकलाई प्रतिष्ठानले सम्मान गर्दै आएको छ । त्यसैगरी २०७८ सालदेखि पद्मश्री गौरव नामबाट पनि अर्को पुरस्कार थप गरिएको हो । तीन वटै पुरस्कारको राशी जनही तीन लाख रुपैयाँ रहेको छ ।

हालसम्म पद्मश्री साहित्य पुरस्कार पाउन सफल कृतिहरु :

वि. सं. २०७९ मनु – देवीप्रसाद सुवेदी
वि.सं. २०७८ अर्को भोर – केशवराज ज्ञवाली
वि.सं. २०७७ मोक्षभूमि – केशव दाहाल
वि.सं. २०७६ हंस -सञ्जिव उप्रेती (लेखकबाट अस्विकार )
वि.सं. २०७५ छुटेका अनुहार – रमेश सायन
वि.सं. २०७४ यार – नयनराज पाण्डे
वि.सं. २०७३ सगरमाथाको गहिराइ – नवराज पराजुली
वि.सं. २०७२ चीरहरण – नीलम कार्की निहारिका
वि.सं. २०७१ मान्ठा डराएको जुग – मोहन मैनाली / लाटो पहाड- उपेन्द्र सुब्बा (संयुक्तरूपमा)
वि.सं. २०७० अन्नपूर्णाको भोज – मनु ब्राजाकी
वि.सं. २०६९ ताप – शारदा शर्मा
वि.सं. २०६८ आफ्नै आँखाको लयमा – खगेन्द्र संग्रौला
वि.सं. २०६७ अर्जुन दृष्टि – रवीन्द्र समीर / जीवन काँडा कि फूल- झमक घिमिरे (संयुक्तरूपमा)
वि.सं. २०६६ पानीको घाम – अमर न्यौपाने / अकल्पनीय – ध्रुव सापकोटा (संयुक्तरूपमा)
वि. सं. २०६५ समय हराएको बेला – कृष्ण बराल
वि.सं. २०६४ हिमवत्खण्ड – भानुभक्त पोखरेल
वि.सं. २०६३ दशगजामा उभिएर – गणेश रसिक

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट