काठमाडौं, १० कात्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रचण्ड र ओलीबीच शुक्रबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो ।
प्रचण्डले भेटका लागि बोलाएपछि ओली सिंहदरबार पुगेका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको आगामी नेपाल भ्रमणका सन्दर्भमा कुराकानीका लागि प्रचण्डले ओलीलाई बोलाएको बुझिएको छ ।




