फाइनलमा नेपाललाई हराउँदै युएईले जित्यो त्रिकोणात्मक शृंखला

काठमाडौँ, १० कात्तिक । त्रिकोणात्मक टिट्वेन्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनल खेलमा नेपाललाई हराउँदै युएईले उपाधि जितेको छ । शुक्रबार सम्पन्न फाइनलमा युएईले घरेलु टोलीविरुद्ध ४ विकेटको जित हात पारेको हो । मुख्य प्रशिक्षकको रूपमा मोन्टी देशाईको आगमनपछि नेपालको १६ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । त्रिवि क्रिकेट मैदानमा युएईले टस जितर पहिले फिल्डिङ गर्ने निर्णय […]

सिंहदरबारमा ओली-प्रचण्ड भेट

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रचण्ड र ओलीबीच शुक्रबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो । प्रचण्डले भेटका लागि बोलाएपछि ओली सिंहदरबार पुगेका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको आगामी नेपाल भ्रमणका सन्दर्भमा कुराकानीका लागि प्रचण्डले ओलीलाई बोलाएको […]

१३ जनाको मेची – महाकाली साइकल यात्रा

मकवानपुर, १० कात्तिक । मेची–महाकाली साइकल यात्राको लागि हेटौंडाका साइकलप्रेमी ११ जना सहित १३ जना शुक्रबार झापाको सीमावर्ती बजार मेचीनगर प्रस्थान गरेका छन् । हेटौंडाबाट शुक्रबार बिहान झापाको काकडभिट्टा प्रस्थान गरेको साइकलयात्रा टोलीले शनिबार कोजाग्रत पूर्णिमाको दिन बिहान ८ बजे मेचीनगरस्थित नेपाल–भारत सीमानाकाको मेची पुलबाट साइकलयात्रा सुरु गर्ने यात्राका सदस्य राजु थापाले जानकारी दिए । […]

बरखोलामा पुल बनेपछि स्थानीय उत्साहित

तनहुँ, १० कात्तिक । वारि भिमाद नगरपालिका, पारि शुक्लागण्डकी नगरपालिकाको बीचमा बगेको बरखोला हिउँदमा सामान्य भए पनि बर्खामा उर्लेर बहने हुँदा तर्न सर्वसाधारणलाई जोखिम थियो । खोला वारपार गर्नका लागि ज्यानको बाजी थापेर तर्नुको विकल्प थिएन तर अहिले पक्की पुल निर्माण भएपछि सो समस्या समाधान भएको छ । दुई पालिकालाई जोडेको सो पक्की पुलले यस […]

तासको खालबाट नगदसहित ७ जना प्रहरी नियन्त्रणमा

हेटौंडा, १० कात्तिक । मकवानपुर प्रहरीले तास खेलिरहेका ७ जनालाई नियन्त्रणमा लिएको छ । बिहिबार साँझ हेटौंडा–७, देवीवन टोलस्थित गोकुलनाथ पौडेलको घरमा तास खेलिरहेको अवस्थामा पौडेलसहित ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । तास खेलिरहेको स्थानबाट ४ लाख ६५ हजार ३ सय ९० रुपैयाँ नगद सहित हेटौंडा–८ बस्ने अजय खड्का, मंदिप […]