हेटौंडा, १० कात्तिक ।
मकवानपुर प्रहरीले तास खेलिरहेका ७ जनालाई नियन्त्रणमा लिएको छ । बिहिबार साँझ हेटौंडा–७, देवीवन टोलस्थित गोकुलनाथ पौडेलको घरमा तास खेलिरहेको अवस्थामा पौडेलसहित ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तास खेलिरहेको स्थानबाट ४ लाख ६५ हजार ३ सय ९० रुपैयाँ नगद सहित हेटौंडा–८ बस्ने अजय खड्का, मंदिप पौडेल, रोहितकुमार केबी, भरत तितुङ, हेटौंडा–७, बस्ने रुपक चौलागाई, वीरेन्द्र खत्री, सबिन चौलागाई, गोकुलनाथ पौडेल र हेटौंडा–१५ बस्ने ओम घलानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।




