मकवानपुर, ८ कात्तिक ।
मकवानपुरको राक्सिराङमा एक महिला माथि चिरपट प्रहार भएको छ । राक्सिराङ गाउँपालिका -३ सानो देवकोट बस्ने राजकुमार गोलेको श्रीमती ३६ वर्षीया देवीमाया थोकरमाथि चिरपट प्रहार हुँदा घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
सोमवार साँझ देवीमायाको श्रीमान राजकुमार र राक्सिराङ्ग ३ आलखोप बस्ने ३० वर्षीय सागर योन्जनबीच विवाद भएको थियो । विवाद छुट्याउन पुगेकी देवीमायाकाे टाउकोमा सागरले दाउराको चिरपट प्रहार गरी घाइते बनाएकाे प्रहरीले जनाएको छ ।
चिरपट प्रहारबाट घाइते उनको मनहरीमा प्राथमिक उपचारपछि थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ । चिरपट प्रहार गर्ने सागर फरार रहेको र खोजी भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।





