स्कुटर दुर्घटना हुँदा मकवानपुरमा १ जनाको मृत्यु

मकवानपुर, ८ कात्तिक । मकवानपुरको भीमफेदी गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मकवानपुर प्रहरीका अनुसार असोज ८ गते बुधबार बेलुका भीमफेदी ६ जुरीखेतस्थित भीमफेदी – कुलेखानी – काठमाडौँ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०२७ प ४८४२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा काठमाडौँ- २७ महाबौद्ध बस्ने ६५ वर्षीय शशिराज […]
कवि प्रकाश चापागाईंको `कमिलाको प्वाँख´ आउँदै

भरतपुर, ८ कात्तिक । प्रगतिशील एवम् बामपंथी विचारधाराका छन्दकवि प्रकाश चापागाईंको नयाँ कवितासङ्ग्रह `कमिलाको प्वाँख´ आउने भएको छ । पेज टर्नर पब्लिकेसन्सबाट कात्तिक महिनामा सार्वजनिक हुन लागेको कमिलाको प्वाँख चापागाईंको छैटौं पुस्तक हो । २०४० सालदेखि कविता लेखनमा सक्रिय चापागाईंका यसअघि`बदला´ एकाङ्की नाटक (२०४०), `आँखाभरि´ शोककाव्य (२०६७),`बुलेट नम्बर पाँच´ खण्डकाव्य (२०७०) `आरोहण´ महाकाव्य संयुक्त लेखन […]
चिरपट प्रहारबाट मकवानपुरमा महिला घाइते
मकवानपुर, ८ कात्तिक । मकवानपुरको राक्सिराङमा एक महिला माथि चिरपट प्रहार भएको छ । राक्सिराङ गाउँपालिका -३ सानो देवकोट बस्ने राजकुमार गोलेको श्रीमती ३६ वर्षीया देवीमाया थोकरमाथि चिरपट प्रहार हुँदा घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । सोमवार साँझ देवीमायाको श्रीमान राजकुमार र राक्सिराङ्ग ३ आलखोप बस्ने ३० वर्षीय सागर योन्जनबीच विवाद […]
दसैँमा प्रदर्शन भएका चलचित्रलाई दर्शकको साथ

काठमाडौँ, ८ कात्तिक । नेपाली चलचित्रको लागि दसैँ राम्रो समय मानिन्छ । दसैँ लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । त्यसैले पनि यो समयमा चलचित्रलाई दर्शकसम्म पुर्याउन निर्माता लागिपर्ने गरेका छन् । वितरक करण श्रेष्ठले चाडपर्वको समयमा दसैँ विशेष हुने बताए । ‘अन्य चाडपर्वको तुलनामा दसैँमा काठमाडौँ र मोफसलमा […]
‘ड्रिमी आइज्’ लिएर आए पत्रकार पराजुली

भरतपुर, ८ कात्तिक । चितवनका पत्रकार वसन्त पराजुलीको अंग्रेजी कथाहरूको संग्रह ‘ड्रिमी आइज्’ बजारमा आएको छ । पराजुलीको यो तेस्रो पुस्तक हो । यसअघि उनका ‘कुमाता’ र ‘मोम्चो’ कथासंग्रह प्रकाशित छन् । सामाजिक विषयवस्तुमा कथा लेख्दै आएका पराजुलीले आफ्ना कथामा समाजका विद्यमान अवस्थालाई सुन्दर रुपमा प्रस्तुत गरेका छन् । कुमाता र मोम्चो कथासंग्रहका केही कथाको […]
सौराहामा विदेशी पर्यटकले मनाए दसैँ

भरतपुर, ८ कात्तिक । पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैँ मनाएका छन् । हिन्दुहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् । सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुबा ८६ वर्षीया मनु गिरी र उनकी श्रीमती वर्षा पुरी (गिरी) ले […]