भरतपुर, ८ कात्तिक ।
चितवनका पत्रकार वसन्त पराजुलीको अंग्रेजी कथाहरूको संग्रह ‘ड्रिमी आइज्’ बजारमा आएको छ । पराजुलीको यो तेस्रो पुस्तक हो । यसअघि उनका ‘कुमाता’ र ‘मोम्चो’ कथासंग्रह प्रकाशित छन् ।
सामाजिक विषयवस्तुमा कथा लेख्दै आएका पराजुलीले आफ्ना कथामा समाजका विद्यमान अवस्थालाई सुन्दर रुपमा प्रस्तुत गरेका छन् ।
कुमाता र मोम्चो कथासंग्रहका केही कथाको अंग्रेजी अनुवाद ड्रिमी आइज्मा राखिएको कथाकार पराजुलीले बताए । कथालाई भरत भट्टराई र मिली जोशीले अनुवाद गरेका हुन् ।
पराजुलीका उक्त तीनै पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यस संग्रहमा १७ कथा सङगृहीत छन् । कथाकार पराजुली लामो समयदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आएका छन् ।





