मकवानपुरमा सुमो दुर्घटना हुँदा १३ जना घाइते

मकवानपुर, ७ कात्तिक ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

असोज ७ गते बिहान ३:३५ बजेको समयमा ईन्द्रसरोवर ५ मकैबारीस्थित कुलेखानी – मातातीर्थ – काठमाडौँ जाने भित्री सडकखण्डमा सुमो दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । बिरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्र.०३-००१ज०२८३ नम्बरको सुमो आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल खोल्सामा खस्दा सुमो चालकसहित १३ जना घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

घाईते सुमो चालक प्रहरी नियन्त्रणमा रहेको छ भने अन्य घाइतेहरुलाई उपचारको लागि काठमाडौँ पठाएको प्रहरीले जनाएको छ । सबै यात्रुहरु भारतका रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट