ज्ञानेन्द्र शाहले भने- `छिनछिनमा भुइँचालो गइरहेको छ, विचार गर्नुहोस्´

काठमाडौँ, ७ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन् । मंगलवार महाराजगञ्जस्थित निर्मल निवासमा नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा सर्वसाधारणहरूलाई टिका लगाइदिँदै उनले यस्तो बताएका हुन् । उनले व्यङ्ग्यात्मक रूपमा देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै छिनछिनमा भुइँचालो गइरहेकाले विचार गरेर बस्न आग्रह गरे । उनले भने, […]

पूर्वराजा शाहले सर्वसाधारणलाई लगाइदिए दसैँकाे टीका

काठमाडौं, ७ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले आज सर्वसाधारणलाई बडादसैँको टीका लगाइदिएका छन् । काठमाडौंको महाराजगन्जस्थित निर्मलनिवासमा शाहले सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका हुन् । निर्मलनिवासमा पूर्वराजाको हातबाट टीका, जमरा र आशीर्वाद लिने सर्वसाधारणको भिड नै लागेको थियो । पूर्वराजा शाहले विगतका वर्षहरूमा पनि सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका थिए । पूर्वराजा शाहले नेपालीहरूको महान चाड विजया […]

नोट जतन गरेर प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

भरतपुर, ७ कात्तिक । नेपाल राष्ट्र बैंकले दशैंको टीकाको समयमा नोट जतन गरेर प्रयोग गर्न आग्रह गरेको छ । मंगलबार विजया दशमीको शुभकामना व्यक्त गर्दै नोट जतन गरेर प्रयोग गर्न अनुरोध गरेको हो । देवीको प्रसादको रुपमा टीका, जमरा साथै दक्षिणाको लागि बैंक नोट प्रयोग गर्दा नोटमा जल, चन्दन, अबिर, अक्षता आदि नलाग्ने गरी होसियारीपूर्वक […]

राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण

काठमाडौं, ७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरुलाई दशैँको टिका लगाइदिनुभएको छ । मंगलवार राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलले आम सर्वसाधारणहरुलाई नेपालीहरुको महान चाड बडा दशैँको उपलक्ष्यमा टिका लगाइदिनुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर […]

एसिसी यु-१९ प्रिमियर कपको उपाधि नेपाललाई

भरतपुर, ७ कात्तिक । एसिसी यु १९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा नेपालले युएइलाई १०२ रनले पराजित गरेको हो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याइरहेको युएई २६.५ ओभरमै अलआउट भयो ।

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

काठमाडौँ, ७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गरेका छन् । साथै गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा, प्रसाद गरे । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति पौडेलले दसैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका, प्रसाद ग्रहण गरेका हुन् । आफू टीका ग्रहण […]

बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु , चार घाइते

दोलखा, ७ कात्तिक । बिगु गाउँपालिका–२ ओराङमा सोमबार साँझ बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । वडा नम्बर १ लामा बगरको जगातबाट देउलाङतर्फ जाँदै गरेको वा १४ च ९३३४ नम्बरको बोलेरो राइबेटारमा दुर्घटना हुँदा स्थानीय २० वर्षीया बालमाई तामाङ र १८ वर्षींया चिनीमाया तामाङको मृत्यु भएको […]

राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ दशैँ मनाऔँ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् । विजयादशमी २०८० का अवसरमा शुभकामना दिँदै उनले सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गरेका ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन् । […]

राष्ट्रपतिबाट बडादसैँको शुभकामना

काठमाडौँ, ७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडडेलले सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि भएकाले यस पर्वले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, […]

मकवानपुरमा सुमो दुर्घटना हुँदा १३ जना घाइते

मकवानपुर, ७ कात्तिक । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । असोज ७ गते बिहान ३:३५ बजेको समयमा ईन्द्रसरोवर ५ मकैबारीस्थित कुलेखानी – मातातीर्थ – काठमाडौँ जाने भित्री सडकखण्डमा सुमो दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । बिरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्र.०३-००१ज०२८३ नम्बरको सुमो आफै अनियन्त्रित भई सडकबाट २० […]

दशैंको टीका कतिबेला लगाउने ? त्यसअघि के गर्ने ?

भरतपुर, ७ कात्तिक । दशैं आफैंमा शुभ दिन हो । दशैंको बिहानदेखि दिनभर र अपराह्सम्म पुरै साइतको दिन हो । अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि दशैंका दिन टीकाका लागि थप केही गरिरहन पर्दैन । बिहान उठेर घामको झुल्कोमा दुर्गा विसर्जन गरेर कलशको जलले अभिषेक गरेर आफन्तकोमा टीका लगाउन जाने चलन छ । […]

बडादसैंको मुख्य दिन आज विजयादशमी,

काठमाडौं, ७ कात्तिक । बडादसैंको मुख्य दिन विजयादशमी आज मान्यजनको हातबाट टीका ग्रहण गरेर मनाइँदैछ । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका […]