मकवानपुरमा नवजात मृत शिशु फेला

मकवानपुर, ५ कात्तिक ।
मकवानपुरको हेटौँडामा नवजात शिशु मृत फेला परेको छ ।

कार्तिक ४ गते बेलुका हेटौँडा अस्पतालको गाईनो वार्ड नजिकको महिला शौचालयमा फोहर फाल्ने डस्टबिनमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘मृतक शिशु कसले फालेको पहिचान भएको छैन’ मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले भने- ‘मृतक शिशु हेर्दा तत्काल जन्माई सालनाल सहित डस्टबिनमा फालेको जस्तो देखिन्छ ।’

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट