आइतबार बिहानै ६.१ म्याग्निच्युडको भूकम्प महसुस

भरतपुर, ५ कात्तिक ।

आइतबार बिहान ७ बजेर ३९ मिनेट जाँदा भरतपुर सहित आसपासका क्षेत्रमा भूकम्पकको झट्का महसुस गरिएको छ । धादिङको खरी केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । राजधानी काठमाडौंमा पनि भूकम्पको झट्का महसूस गरिएको थियो । भूकम्पका बारेमा राष्ट्रिय भूकम्प मापन केन्द्रबाट थप विवरण आउन बाँकी छ ।

अमेरिकाको भूगर्भीय सर्भे (युएसजीएस) का अनुसार भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड रहेको थियो । भूकम्पको केन्द्रविन्दु भरतपुरबाट ३५ किलोमिटर उत्तरपूर्व रहेको र त्यसको गहिराइ २४.७ किलोमिटर रहेको युएसजीएसले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट