भुटनदेवी मन्दिरमा भित्र्याइयो फूलपाती

मकवानपुर, ४ कात्तिक ।
हेटौँडामा रहेकाे भुटनदेवी मन्दिरकाे दशैंघरमा फूलपाती भित्र्याइएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित गोरेक्षश्वर मन्दिरमा राखिएको जमरासहितको शोभायात्राको टोलीले हेटौँडा १० मा रहेका भुटनदेवी मन्दिरको दसैँघरमा शनिबार बिहान धार्मिक विधि अनुसार फूलपाती भित्र्याइएको हो ।

नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा, झाक्री र धार्मिक भक्तजनहरु सम्मिलीत शुभयात्राले फुलपाती भित्र्याइएको हो ।

फूलपाति लिन मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यराज सेढाई, बागमती प्रदेश प्रहरी नायव महानिरीक्षक किरण राणा, मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजाल, नेपाली सेनाका उच्च अधिकृतहरु, स्थानीय समाजसेवी, धार्मिक भक्तजन र राजनीतिक दलका प्रतिनिधिहरु गोरेक्षश्वर मन्दिरमा पुगेका थिए ।

यसैगरी, बडादसैँको अवसरमा आज दिउँसो २ बजे हेटौंडा–२ बनस्खण्डी मन्दिरको दसैँघरमा फूलपाती भित्र्याउने कार्यक्रम रहेको भुटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिका अध्यक्ष राममान श्रेष्ठले जानकारी दिए ।

बनस्खण्डी मन्दिरको दसैँघरमा गाेरक्षश्वर मन्दिर परिसरबाटै फूलपाती भित्र्याइने उनले जानकारी दिए । नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा, झाँक्री र धार्मिक भक्तजनहरु सम्मिलीत शुभयात्राले फूलपाती भित्र्याइने उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट