भरतपुर, ४ कात्तिक ।
कवि गणेश श्रमणकाे हालै प्रकाशित कवितासङ्ग्रह `आगाे लिएर गाउँगाउँमा´ काे एक कार्यक्रममा आफ्नै कक्षाका सहपाठीहरूबीच परिचर्चा गरिएकाे छ ।
प्रेमबस्ती माविबाट २०४७ सालमा एसएलसी दिएका समूहका साथीहरूले आफ्नै साथीको पुस्तकमाथि छलफल गरेका हुन् । चितवन र यस वरपर बसेका साथै बडादसैँमा बिदेशबाट घर आएका साथीहरूको उपस्थितिमा पुस्तकको चर्चा गर्दै शुभकामना आदानप्रदान गरिएको हो ।
कार्यक्रममा सहपाठी साथीले लेखेकाे कवितासङ्ग्रहको चर्चा गरिएकाे हाे । पुस्तकका लेखक गणेश श्रमणले आफ्नाे कविता लेखन र प्रकाशनका सम्बन्धमा प्रकाश पार्दै उपस्थित साथीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमकाे सहजीकरण वीरेन्द्र बहुमुखी क्याम्पसका अङ्ग्रेजी विषयका उपप्राध्यापक भानुभक्त कँडेलले गरेका थिए ।





