मकवानपुर, ४ कात्तिक ।
मकवानपुरमा भएकाे माेटरसाइकल दुर्घटनामा एक जनाकाे ज्यान गएकाे छ ।
भीमफेदी गाउँपािलका- १ बाघझोरा स्थित त्रिभुवनराजपथ सडकखण्डमा भैँसेबाट हेटौँडातर्फ जाँदै गरेको ना १७ प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएकाे हाे । शुक्रबार राति भएकाे दुर्घटनामा माेटरसाइकल सडकबाट अन्दाजी १० मिटर तल खस्दा चालक भीमफेदी- ६ बैँकरोड बस्ने ३४ वर्षीय सुमिन लामाकाे मृत्यु भएकाे इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी वरिष्ठ नायव निरीक्षक प्रकाश घिमिरेले बताए ।
दुर्घटनापछि उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकाेमा डाक्टरले मृत घोषणा गरेका थिए ।
माेटरसाइकलकाे पछाडि सवार साेही स्थान निवासी ३० वर्षका रोमन बस्नेतको बायाँ खुट्टामा र च्यापुमा चोट लागेकाे प्रहरीले जनाएकाे छ । उनकाे हेटौँडा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।





