गजल मञ्च मकवानपुरको `गजल यात्रा´ सार्वजनिक

मकवानपुर, ३ कात्तिक ।
गजल मञ्च मकवानपुरद्वारा प्रकाशित गजल यात्रा-४ पुस्तककाे  विमोचन गरिएकाे छ । मञ्च मकवानपुरकाे २ सय ७औँ गजल यात्रा तथा शुभकामना आदानप्रदान कार्यक्रममा शुक्रबार गजल यात्रा-४ को विमोचन गरिएको हो ।

२०६६ सालबाट प्रकाशन गर्न थालिएकाे गजल यात्राकाे चौथाे संस्करण शुक्रबार विमाेचन भएकाे हाे । गजल यात्रा पुस्तककाे हेटाैँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, साहित्यकार तुलसी घिमिरे, सर्जक सञ्जाल मकवानपुर संयाेजक निमेष लिखिल र गजल मञ्च अध्यक्ष केशव समर्पणले विमाेचन गरेका थिए ।

प्रमुख अतिथि सिग्देलले गजल मञ्चको कार्यक्रममा शुभकामना व्यक्त गर्दै भने- `साहित्यले समाजलाई सकारात्मक परिवर्तन गर्नुपर्छ । अबको विकास भौतिक मात्र नभएर भाषा, संस्कृति र साहित्यको हुनुपर्छ ।´

सिग्देलले साहित्यले सबैलाई समेट्नु पर्ने धारणा राखे । साहित्यिक संस्थाहरुले वार्षिक योजना सहित प्रस्ताव ल्याउन सके स्थानीय तहबाट सहयाेग गरिने उनकाे भनाइ थियाे । साहित्यकाे क्षेत्रमा वडा नम्बर ४ ले यसअघी पनि लगानी गरेकाे बताउँदै समाजलाई साहित्यमार्फत परिवर्तन गराउन सकिने तर्क थियो ।

गजल यात्रामा गजलकारहरू श्याम बानियाँ, सुवास खनाल, पुरुषोत्तम आचार्य, श्रीराम अधिकारी, सुवास सजल, अनिल कोइराला, तुलसी घिमिरे, केशव समर्पणलगायतले गजल वाचन गरेका थिए ।

उक्त कार्यक्रममा साहित्य सङ्गमका अध्यक्ष डी.बी. बर्तौला, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव बहादुर पोखरेल, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मुक्तककार  सानू खनाल, मिथिला अधिकारीलगायतकाे उपस्थिति रहेकाे थियाे ।

गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको सभाध्यक्ष एवम् हेटौंडा वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा तुलसी घिमिरे र सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल विशिष्ट आतिथ्यता रहेकाे थियाे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट