गजल मञ्च मकवानपुरको `गजल यात्रा´ सार्वजनिक

मकवानपुर, ३ कात्तिक । गजल मञ्च मकवानपुरद्वारा प्रकाशित गजल यात्रा-४ पुस्तककाे  विमोचन गरिएकाे छ । मञ्च मकवानपुरकाे २ सय ७औँ गजल यात्रा तथा शुभकामना आदानप्रदान कार्यक्रममा शुक्रबार गजल यात्रा-४ को विमोचन गरिएको हो । २०६६ सालबाट प्रकाशन गर्न थालिएकाे गजल यात्राकाे चौथाे संस्करण शुक्रबार विमाेचन भएकाे हाे । गजल यात्रा पुस्तककाे हेटाैँडा उपमहानगरपालिका वडा नम्बर ४ […]

स्टार्स मन्टेश्वरीले गर्‍यो दशैँको शुभकामना आदानप्रदान

भरतपुर, ३ कात्तिक । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर- ११ स्थित स्टार्स मन्टेश्वरी एकेडेमीले शुक्रबार बडादशैँको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । एकेडेमीमा अध्यापन गराउने शिक्षक शिक्षिकाहरु र साना नानीबाबुहरुमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । बडादशैँको पूर्वसन्ध्यामा स्कुलमा अध्ययनरत नानीबाबुहरुलाई दशैंको टीका जमारा लगाई दक्षिणा दिएर नानीबाबुहरुलाई आशीर्वाद दिई शुभकामना आदानप्रदान गरिएको हो । […]

मकवानपुरमा बस दुर्घटना, ३६ जना घाइते

मकवानपुर, ३ कात्तिक । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ तीनतलेमा यात्रुवाहक बस दुर्घटना भएको छ । हेटौँडा – चतरा – धरान सडकखण्डअन्तर्गत तीनतलेमा हेटौंडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा ५ जना गम्भीर र ३१ जना मध्यम घाइते भएको अस्थायी प्रहरी पोष्ट गरगरेले जनाएको छ । […]

कविडाँडा आख्यान पुरस्कार `मनु´लाई

भरतपुर, ३ कात्तिक । कविडाँडा आख्यान पुरस्कार- २०७९ मनु उपन्यासले पाउने भएको छ ।कविडाँडा साहित्य समाज चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी कविडाँडा आख्यान पुरस्कार – २०७९’ समालोचक तथा उपन्यासकार देवीप्रसाद सुवेदीको मनु उपन्यासलाई दिइने जानकारी गराएको छ । समाजले उक्त पुरस्कारका लागि गत भदौ २३ गते १० वटा उत्कृष्ट आख्यान कृतिको सूची सार्वजनिक गरेको थियो […]

प्रेस युनियन मकवानपुरको `विचार यात्रा´ सार्वजनिक

मकवानपुर, ३ कात्तिक । नेपाल प्रेस युनियन मकवानपुरले `विचार यात्रा´ स्मारिका प्रकाशन गरेकाे छ । युनियनले प्रकाशन गरेकाे विचार यात्राकाे शुक्रबार लोकार्पण गरिएकाे हाे । बडादसैं, तिहार, नेपाल सम्वत्, छठलगायतका पर्वको अवसरमा शुक्रबार बिहान हेटौँडामा शुभकामना आदानप्रदान तथा तथा चियापान कार्यक्रमको आयोजना गर्दै पुस्तक लोकार्पण गरिएको हो । नेपाल प्रेस युनियन मकवानपुरका अध्याक्ष सुवास विडारीको […]

द्वारिका नेपाल स्मृति विशेषाङ्क `नौलो राँको´ प्रकाशित

भरतपुर, २ कातिक । पत्रकार तथा साहित्यकार द्वारिका नेपालको सम्मानमा साहित्य सङ्गम चितवनले `स्मृति विशेषाङ्क´ प्रकाशन गरेको छ । साहित्य सङ्गमद्वारा नेपालको स्मृतिमा प्रकाशित `नौलो राँको´ बाह्रौं विशेषाङ्क बिहीबार विमोचन गरिएको हो । साहित्य सङ्गमका पूर्वअध्यक्ष समेत रहेका नेपालको २०७८ असोज ३१ गते भएको अप्रत्याशित असामयिक निधन भएपछि संस्थाले उनको सम्झनामा विशेषाङ्क नौलो राँको प्रकाशन […]

एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित

काठमाडौं, ३ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी (रसिया) निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उम्मेदवारलाई पछि पार्दै केसी निर्वाचित भएका हुन् । केसीले एक हजार ३७८ मत पाए । उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरके (कतार)ले एक हजार २८१ मत, महेशकुमार श्रेष्ठ […]